OnlinePana

आज : २०८१ फागुन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २०, २०८१
८ पटक

 

२० फागुन २०८१, मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न आग्रह गर्नुभएको छ ।

दशौँ राष्टिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको आज काठमाडौँमा सम्पन्न बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले राष्ट्रिय खेलकुद परिषदलाई प्रतियोगिताको मिति नसार्न आग्रह गर्नुभएको हो । पटक पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न उहाँले परिषदलाई अनुरोध गर्नुभयो ।

राष्टिय खेलकुद परिषदले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २–१० गतेसम्मको मिति तय गरेको छ । पटक पटक मिति सार्दै जाने अवस्था भएपछि आजको बैठकमा मुख्यमन्त्री कँडेलले जेठ भन्दा पर जान नसकिने धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, “अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर त्यो भन्दा पर जान सक्ने स्थिति छैन । यसरी अगाडि बढ्दा अविश्वासिलो बन्ने परिस्थि िम देख्छु ।”

राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रंगशालालगायतका कामहरुलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै मुख्यमन्त्री कडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफनो जिम्मेवारी पुरा गर्ने बताउनभयो । “यो प्रतियोगितको मुख्य आयोजक संघीय सरकार भएकोले तपाईहरुले ढंग पु¥याउनुहोला । हामी सहआयोजक भएको नाताले हामीलाई तोकिएको जिम्मेवारी हामीले पुरा गछौँ ।”

प्रतियोगिताको लागि निर्देशिका बनाउने कुरामा पनि उहाँले खेलकुद मन्त्रालयले समन्वय नगरेको जिकिर गर्नुभयो । मुख्यमन्त्री कँडेलका अनुसार प्रदेश सरकार पनि सामेल हुने निर्देशिका रहेछ । निर्देशिका बनाउँदा हामीलाई पनि सामेल गराएको भए अझ राम्रो हुने थियो । तर जे बनाउनु भएको छ त्यसमा प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नेछ ।

प्रतिकृया दिनुहोस्