OnlinePana

आज : २०८१ फागुन ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ४, २०८१सुर्खेत
५६ पटक

४ फागुन, २०८१, आईतबार

कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ यहाँको पहिचान दिने र संभावना केलाउने मञ्च भएको बताइएको छ ।

ऋति फाउण्डेसनद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौं संस्करण २०८१ का संयोजक कमल लम्सालले विचारहरुको मन्थनबाट कर्णालीको संभावना र भविश्य खोज्ने थलो उत्सव भएको बताउनुभयो । कर्णाली उत्सवको पाँचौं संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव संकलन तथा नीति निर्माता एवं कार्यान्वयनकर्ताको ध्यानाकर्षणमा यसले महत्वपूर्ण भूमिका खेलेको दावी गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व सचिव तथा कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ संरक्षक केवलप्रसाद भण्डारीले उत्सवले कर्णालीमा सामाजिक संवाद सुरु गरेको बताउनुभयो । उत्सवका विषयवस्तु÷सामग्री संयोजक प्रकाश लामिछानेले फागुन ५, ६ र ७ गतेसम्म वीरेन्द्रनगरकाे सिटी हलमा सञ्चालन हुने उत्सवमा प्रस्तुत हुने विषयवस्तु एवं सामग्रीबारे पत्रकारहरुलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुन ५ गते पहिलो दिन ‘के पढ्यौं के पढायौं ?’ ‘स्वाइनीको स्वर ‘खस कुडा खास कुडाः किस्सा तन्नेडीका’, ‘बैकेनी बोल्लिछन्,’ दोस्रो दिन ‘स्याउको सह,’ ‘आश लाग्दो अर्थतन्त्र,’ ‘छोरीको छहारी,’ ‘टेको संघीयताको,’ ‘कर्णालीमा मधेश’ र तेस्रो दिन ‘खलंगाः शक्तिको सदरमुकाम,’ ‘चौघान चर्चा,’ ‘राजनीतिः रहर–लहड, ‘मनउँदो कर्णाली मैदानउँदो’ कर्णाली प्रस्तुत हुनेछन् ।

त्यस्तै, उत्सवमा कर्णाली चिनाउन विशेष योगदान गर्ने गोविन्द नेपाली (रंगकर्मी), प्रवासकुमार शाक्य (रक्तदान अभियान्ता र दिपा राना (सहकारी अभियान्ता) लाई पैकेलो (नायक÷नायिकाका)रुपमा सम्मान गरिने आयोजक समितिका सम्पर्क व्यक्ति माधवप्रसाद चौलागाईले जानकारी दिदनुभयो । उहाँका अनुसार उक्त उत्सवको पहिलो दिन राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुती), दोस्रो दिन प्राडा.जीवेन्द्रदेव गिरी र तेस्रो दिन राजनीतिक विश्लेषक हरि शर्माले क्रमशः मान्ठ र मईडो, कणालीको बोली, लोकतन्त्र र लोकमन्त्रका विषयमा विद्वत प्रवचन दिनु हुनेछ ।

 

प्रतिकृया दिनुहोस्