OnlinePana

आज : २०८१ फागुन ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ३, २०८१सुर्खेत
२८ पटक

 

३ फागुन २०८१, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारका ८० प्रतिशत आयोजनाहरु कार्यान्वयनमा गएको बताउनुभएको छ ।

आज वीरेन्द्रनगरमा सम्पन्न प्रेस चौतारी नेपालको कर्णाली प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले समयमै आयोजना सम्पन्न गर्ने उद्देश्यसहित आयोजना कार्यान्वयनका लैजाने कुरामा सरकार सचेत रहेको बताउनुभयो । बजेट वितरण, आयोजना छनोट र सरकारी पारदर्शितासम्बन्धी नागरिकहरुले गरेको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै उहाँले आलोचना भएपनि आयोजना सम्पन्न गर्न प्रदेश सरकार कटिवद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले जे बजेट प्राप्त गरेको छ । त्यसको सही उपयोग र पारदर्शी वितरणमा जोड दिन्छ । कर्णालीलाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । सरकारले स्थानीय स्रोत साधनको परिचालन, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनाका क्षेत्रमा नीति परिवर्तन गर्दै लगानी अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेको छ ।”

कर्णालीमा विकासको अवरोध, आर्थिक अवस्था र पत्रकारिताको भूमिकाका विषयमा प्रदेश सरकार दिगो विकासको लक्ष्यमा अघि बढिरहेको उहाँले बताउनुभयो । जिम्मेवार पत्रकारिता गर्दै प्रदेश सरकारका प्रयासहरुलाई उजागर गर्न आग्रह गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीको विकास निर्माणलाई तीव्र गर्ने सङ्कल्पसहित अगाडि बढ्ने प्रतिबद्धता गर्नुभयो । नागरिकलाई उत्साह जगाउने समाचार सम्प्रेषणले सामाजिक सद्भाव र विश्वास बढ्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्