OnlinePana

आज : २०८१ माघ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २५, २०८१सुर्खेत
४ पटक

२५ माघ २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा सञ्चालित ठूला विकास आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच आज सम्पन्न भर्चुअल बैठकका क्रममा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री कँडेलले बजेट अभावका कारण कर्णालीमा सञ्चालित ठूला आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुन नसकेको बारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभयो । कर्णाली करिडोर, कर्णाली राजमार्ग र भेरी करिडोरको स्तरोन्नतिमा हाल देखिएको बजेट अभाव र काममा भएको ढिलाईको अवस्थाका विषयमा उहाँले बैठकमा बताउनुभयो ।

त्यसैगरी, पुष्पलाल (मध्य पहाडी) सडकअन्तरगत जाजरकोट खण्डमा पर्ने मान्साभिरको सडक र भेरीमा पुल निर्माण कार्यमा जोड दिनुपर्ने, कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको विस्तारमा हाल देखिएका समस्या र समाधानमा पहल हुनुपर्ने, सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति, जाजरकोट भुकम्पपछिको पुनःनिमार्णमा भइरहेको ढिलाईबारे पनि मुख्यमन्त्री कँडेलले ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै, वातावरणीय प्रभाव मूल्याङकन (इआईए) र रुख कटानमा देखिएको ढिलाईका कारण बड्डीचौर–खम्बागाढे, तेलपानी–भुरीगाँउलगायतका सडक आयोजनामा निर्माण र विस्तारमा देखिएको समस्याका साथै अलपत्र रानीघाट पुल निर्माण अघि बढाउन, प्रदेश तथा स्थानीय तहले सडक तथा अन्य आयोजना बनाउदा रुख कटानमा तिर्नुपर्ने शुल्क हटाउने व्यवस्था मिलाउन उहाँले प्रधानमन्त्रीसँग अनुरोध गर्नुभयो ।

संघीय सरकारले ठेक्का लगाएका भेरी बबइ डाइभर्सन आयोजनाको कामलाई समयमै सम्पन्न गर्नुपर्ने, आसन्न चैत २३–३० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने भनिएको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा संघीय सरकारबाट यथाशीघ्र हुनुपर्ने मागसहित कर्णाली प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षमा भइरहेका विकास निर्माणका कार्य, सार्वजनिक सेवा प्रवाह र सुशासनको अवस्थाबारे पनि उहाँले बैठकमा प्रधानमन्त्री ओलीलाई अवगत गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्