OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १३, २०८१सुर्खेत
१३ पटक

१३ माघ २०८१, आईतबार

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)द्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरिएको छ ।

आज बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाचौं अधिवेशनको पाँचौ बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (माओवादी केन्द) कर्णाल्ी प्रदेशसभा दलका नेता राजकुमार शर्माले आफू नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेट उपेक्षा गरिएको भन्दै बैठक अवरुद्ध गरेको हो ।

बैकठमा बोल्दै उहाँले भन्नुभयो, “समृद्ध कर्णाली, सुखारी कर्णालीको लक्ष्य केन्द्रित कर्णाली समृद्धि परियोजना परिकल्पना गरी वार्षिक दश हजारलाई रोजगारी दिने यही सदनबाट पारित हुनुको साथै दलगतरुपमा सहमति गरेको कुरालाई लात हान्दै सरकार आफूखुशी अगाडि बढ्यो । परियोजनालाई छिछि र दूरदूर गर्ने परिस्थिति बनाईयो तर त्यसलाई कार्यान्वयनमा ल्याउनतर्फ वास्ता गरिएन । यो तरिकारले सदन अगाडि बढ्न सक्दैन ।”

उहाँले कर्णाली प्रदेश सरकार गरिबी उन्मूलनतर्फ प्रतिवद्ध नदेखिएको दोषारोपण गर्दै पूर्ववर्ती सरकारले उठान गरेका कुरा सरकारले सम्बोधन नगरेसम्म सदन चल्न नदिने धारणा राखेपश्चात् प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । बैठक अवरुद्ध पछि कर्णाली प्रदेशसभाका कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले बैठक यही माघ १५ गते मंगलबार दिउसो ३ः०० सम्मका लागि स्थगित भएको सूचना गर्नुभयो ।

प्रतिकृया दिनुहोस्