OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ८, २०८१सुर्खेत
५ पटक

८ माघ २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा सुशासन कायम चुनौतिको विषय बनेको बताउनुभएको छ ।

स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तरगत वीरेन्द्रनगर नगरपालिकाद्वारा सुर्खेतमा आज आयोजित ‘अन्तरपालिकास्तरीय उत्तम अभ्यास आदान प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा सुशासन, स्रोत साधनको उपलब्धता, त्यसको सही प्रयोग र पारदर्शिता कायम चुनौतिको सवाल भएको बताउनुभयो ।

जो कोहीले जिम्मेवारीमा रहँदा निर्भिकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रदेश सरकारले कुनै व्यक्तिका आकांक्षा र चाहना पुरा गर्न सकेन होला तथापि समग्रमा आम जनताको चाहना अनुसारको काम गरेको महसुस गरेको छु र त्यसले नागरिकमा अनुभूति भएको पाएको छु । सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयनमा हराउने प्रवृति विद्यमान रहेकोले अब उपरान्त नडगमगाई अघि बढ्दा सबैले समर्थन गर्ने परिस्थिति सृजना हुने उहाँको भनाई थियो ।

पछिल्लो समयमा जनतामा केही हुन्छ, केही भएको छ र विकास गति लिन्छ भन्ने भावना बढेको आफुले पाएको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी कुरा जनताले मूल्याङ्कन गर्ने तर्क गर्नुभयो । उहाँका अनुसार कर्णालीको विकासविना मुलुकको विकास असंभव भएकोले प्रदेश सरकारका प्राथमिकताका योजनामा संघ सरकारले गम्भीरताका साथ सहयोग गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्