OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १७, २०८१सुर्खेत
४८५ पटक

१७ पुस २०८१, बुधबार

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुर्खेतको अध्यक्षमा पुनः टेकेन्द्र विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुर्खेतको छैटौं अधिवेशनबाट अध्यक्ष विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको हो । खुला उपाध्यक्षमा पंखबहादुर शाही, समावेशी उपाध्यक्षमा कमला खड्का भारती चयन हुनुभएको हो ।

त्यस्तै, सचिवमा खिम बुढा, सहसचिव (खुला)मा अविशेक सिंह, सहसचिव (समावेशी)मा डिलु बिक र कोषाध्यक्षमा मालती विक चयन हुनुभएको  हो ।

त्यसैगरी, सदस्यहमा रोवन गिरी, मनिषा गौतम, पुस्कर गिरी, भगवती शाही, चरित्र विष्ट, गणेश ठाडा मगर, पवनकुमार बुढा, वर्षा परियार, भीमराज घर्ती मगर र जमुना नेपाली चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्