OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २, २०८१
६७० पटक

 

 २ पुस २०८१, बुधबार

गत मंसिर २८ गते २७ औँ केन्द्रीय महाधिवेशन तथा आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित जुम्ला पत्रकार महासंघको दोस्रो बैकले जुम्ला बहुमुखी क्याम्पसका व्यवस्थापन संकायका शिक्षक महेशकुमार नेपालीलाई सल्लाहकार नियुक्त गरेको छ । पत्रकार महासंघ जुम्लाको यो निर्णय महासंघको विधानअनुसार अवैधानिक रहेको छ ।

नेपाल पत्रकार महासंघको विधान २०६० पाँचौ संशोधन २०७५ को परिच्छेद ५ दफा ९ मा महासंघका हरेका तहका कार्यसमितिमा निर्वतमान अध्यक्ष, त्यस अघिका पूर्व अध्यक्ष र समितिको निर्वाचनका अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी गरी तीन जना समितिका पदेन सल्लाहकार रहने व्यवस्था छ । उनीहरुको बैठकमा मतदान गर्ने बाहेकका सबै अधिकार हुने व्यवस्था विधानले गरेको छ ।

नवनिर्वाचित जुम्ला शाखाका सचिव प्रकाश उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छः “‘पत्रकारिताको क्षेत्रमा तपाईंले पु¥याउँदै आएको योगदान, अनुभव र विचारशीलताले शाखाको प्रगतिमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिएका छौं । तपाईंको नेतृत्व र सल्लाहकारको भूमिकाले शाखाको उद्देश्य र कार्यक्षेत्रलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । यस जिम्मेवारीलाई तपाईंले सफलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ । तपाईंको आगामी कार्यकाल सफल, प्रभावकारी र प्रेरणादायक रहोस् भन्ने कामना गर्दै, पुनः एकपटक हार्दिक बधाई ज्ञापन गर्दछौं । सदैब तपाईंको सक्रियता र मार्गदर्शनको अपेक्षासहित शुभेच्छा छ।”

यो निर्णयले महासंघको विधानलाई उल्लंघन मात्र गरेको छैन, आफूलाई कानुन र विधिको ज्ञाता ठान्ने शिक्षक महेशकुमार नेपालीका लागि पनि लज्जाको विषय बनेको छ ।

महासंघको सल्लाहकार नियुक्तिको फेसवुकमार्फत् सार्वजनिक गरेपछि पत्रकार महासंघको शाखा जुम्लाको निर्णय बैधानिक नभएको भन्दै जुम्लाका लेखक तथा पत्रकार राजबहादुर कुँवरले केटाकेटी आए गुलेली खेलाए उखानसँग मिल्दो निर्णय भएको टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस्