OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २१, २०८१सुर्खेत
९६ पटक

२० मंसिर २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मानवीय व्यवहारले मात्र समाजमा विद्यमान हिंसाजन्य घटना कम गर्न सकिने बताउनुभएको छ ।

उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुव्र्यवहार अन्त्य तथा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य संयन्त्रहरुको सवलीकरणमा नीजि क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै समाज विद्यमान ती घटना कम गर्न लैङ्गिकताका आधारमा नभई मानवीय दृष्टिकोणबाट व्यवहार गरिनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मानिसले पशुलाई माया गर्न थाले तर मानिसलाई नै दुव्र्यवहार गर्ने प्रवृत्तिका कारण हिंसाजन्य घटनाहरु बढ्दै गएका छन् । महिला तथा समाजमा आर्थिकरुपले कमजोर वर्गलाई स्वरोजगारमा जोडेर आर्थिक उन्नयन गराउन सक्नुपर्छ । ती घटनामा कमी आउनुमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन सक्छ ।”

छोराछोरी पठनपाठनका लागि बढ्दो सहरीकरणसँगै आमाहरु फुर्सदमा दिन बिताउने गरेको उल्लेख गर्दै उहाँले उनीहरुलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउन सकिने जनाउनुभयो । यसका लागि कर्णाली प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको मन्त्री भण्डारीको भनाई थियो ।

उहाँका अनुसार कार्यस्थलमा हुने हिंसाजन्य व्यवहार देशभित्र मात्र नभई सीमा पारी पनि हुने गरेको र त्यसको कारण देखासिकी बन्ने गरेको छ । वैदेशिक रोजगारका लागि बाहिरिएका नेपालीले भोग्नुपरेको समस्याबारे बताउँदै मन्त्री भण्डारीले छोराछोरी विदेश पठाउने संस्कृतिलाई कम गर्न निजी क्षेत्रको योगदान अपरिहार्य रहेको धारणा राख्नुभयो ।

प्रतिकृया दिनुहोस्