OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २८, २०८१
३३३ पटक

२८ कार्तिक २०८१, बुधबार

वीरेन्द्रनगरमा नगरपालिका ११ सुर्खेतस्थित गंगामाला देउती बज्यै मन्दिरका एक महिला पूजारी मृत अवस्थामा फेला परेकी छन् ।

मृत फेला पर्नेमा सोही वडा निवासी रुद्रबहादुर राजीका श्रीमती अन्दाजी वर्ष ५१ का वर्षीय सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । मृतक राजी मन्दिरको मुल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुण्डिएकोमा अवस्थामा आज बिहान ५ः०० बजे फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयले सूचना दिएपछि म बिहान ५ः३० बजेदेखि घटनास्थलमै पुगेको थिए । घटनाको प्रकृति हेर्दा त्यस्तो कुनै शंकास्पद देखिएको छैन् । लास जाँच तथा घटनास्थल मुचुल्का गरेर शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । शव परीक्षण पछि केही खुल्छ कि ?” पुजारी मृत अवस्थामा भेटिएपछि आज बिहानैदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस्