OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २७, २०८१
५४४ पटक

जुम्ला, कार्तिक २७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका पदाधिकारी र आन्दोलित कर्मचारी बिच सहमती भएको छ । मंगलबार दिउसो ३ बजे पदाधिकारी र कर्मचारीहरु विच भएको दुई पक्षिय वार्तावाट ५८ जना शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिपदले स्तरवृद्धि गर्ने निर्णय गरि अनुमोदनका सिनेटमा लिने सहमती भए पछि सबै खालका अन्दोलित फिर्ता लिएका हुन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय देखी स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सोमबार स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको सम्वन्धमा प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारी सम्मानित उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट मिति २०८१ भाद्र २६ गते कर्मचारीहरुको पक्षमा भएको फैसला कार्यान्वयन नभए पश्चात मिति २०८१ कार्तिक २६ गते देखी निर्धारण गरिएका दवाव मूलक कार्यक्रम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए ।

आन्दोलित शिक्षक कर्मचारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यकारी परिपदले स्तरवृद्धि गर्ने निर्णय गरि अनुमोदनका लागि सभामा पेश गर्ने निर्णय भए बमोजिम भोली मिति २०८१ कार्तिक २८ गते प्रतिष्ठानका कूलपति तथा सम्माननीय प्रधानमन्त्री ज्यूको समुपस्थितिमा हुने सभा बैठक तथा दिक्षान्त समारोह समेत लाई मध्य नजर गरी कर्मचारीहरुका तर्फबाट मिति २०८१ कार्तिक २८ गते सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिएका छन ।

उनीहरुले एक प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण सरोकारवाला निकायलाई यदि कर्मचारीहरुका माग पुरा नभए पुनः मिति २०८१ कार्तिक २९ गतेबाट पूर्व निर्धारित कार्यक्रमहरु यथावत रहने बताएका छन ।उनीहरुले मिति २०८१ कार्तिक २८ गते हुन गई रहेको सभा वैठक तथा दिक्षान्त समारोह भव्य र सव्यताका साथ सफलताका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन ।

 

प्रतिकृया दिनुहोस्