

कात्तिक ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंजा क्षेत्रको कनकासुन्दरीमा आउनु हुने भएको छ ।
नेकपा माओवादी केन्द्र जुम्लाका अनुसार खस भाषा र सभ्यताको केन्द्र सिंजाको कनकासुन्दरीमा अवलोकन तथा जनसभालाई सम्वोधन गर्न कार्तिक ५ गते सिञ्जाको कनकासुन्दरीमा आउने कार्यक्रम छ । नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष नवराज न्यौपानेका अनुसार कनकासुन्दरीको गोरुचौरमा कात्तिक ५ गते विशाल जनसभा हुने भएको छ ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको आगमन हुने भएपछि अहिले नेकपा माओवादी केन्द्र भित्र कार्यक्रमको तयारी तिब्र भईरहेको छ । जिल्ला ईन्चाज नरेश भण्डारीले पार्टी अध्यक्ष नेपालगञ्जबाट रारा हुदै सिँजा क्षेत्रको कनकासुन्दरीमा आउने बताउनुभयो । उहाँले तयारीका लागि शनिवार विस्तारित वैठक समेत वसेर कार्य वाडफाड गरिएको जानकारी दिनुभयो ।
उहाँले अध्यक्ष प्रचण्डले पछिल्लो समयमा भईरहेको समसामयिक राजनितिक विषयमा सम्वोधन गर्ने र सिञ्जाको अवलोकन तथा जनताको सुझाव लिएर फर्किने कार्यक्रम रहेको छ । पछिल्लो समय माओवादी प्रतिपक्षमा भएपछि प्रचण्डको देशदौडाह कार्यक्रम भईरहेको छ ।