जेठ ८ गते । हुम्ला र मुगुमा आरडिटि परीक्षण पोजेटिभ देखिएका ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार हुम्ला नाम्खाका २ जना र मुगु खत्याडका १ जनाको आरडिटि पोजेटिभ देखिएकाको थियो, जुम्लामा पिसिआर रिपोट नेगेटिभ देखिएको जानकारी गरिएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख बिबेक पुन मगरले तिनै जनाको नेगेटिभ देखिएको जानकारी गर्नुभयो ।
यसैगरी पछिल्लो समय परीक्षण गरिएका हुम्ला, कालिकोट र मुगु र प्रतिष्ठानका स्वास्थ्यकर्मी गरी पाँच सय ६९ जनाको रिपोट सवैको नेगेटिभ आएको छ । हेलिकोप्टरबाट संकलन गरिएका उक्त स्वाबहरु परीक्षण तीब्र बनाईएको छ । मध्यरात सम्म परीक्षण गरिएका कालिकोटका ३८८ जना, हुम्लाको १३३ जना, मुगुको ३९ जना र प्रतिष्ठानका स्वास्थ्यकर्मी ९ जनाको रिपोट नेगेटिभ आएको हो ।
यसभन्दा पहिला आरडिटि पोजेटिभ भनिएको हुम्लाको नाम्खाका २ जना सहित ३३ जना सवैको र मुगु खत्याडका १ सहित ३९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गर्ने दैनिक सूचनामा उल्लेख छ । यसैगरी हाल सम्म प्रतिष्ठानले जाँच गरेको प्रतिष्ठानमा एक हजार आठ सय ८८ जनाको परीक्षण नेगेटिभ आएको छ । यसैगरी हेलिकोप्टर मार्फत संकलन गरिएका हुम्ला, कालिकोट र मुगुको वाँकी स्वाब परीक्षण भईरहेको छ ।
सुमित्रा शाही जेठ ८, २०७७ जुम्ला,
१८२६ पटक
- कर्णाली प्रतिष्ठानकाे नेतृत्व चयन: वरिष्ठता, योग्यता र अनुभवलाई प्राथमिकता दिनुपर्छ
- नेकपा हिमा गाउँपालिका वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
- कुडारीस्थित करिब ४०० वर्ष पुरानो देवदारको रुख ढल्यो
- साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासंग्रह लोकार्पण
- हुलाकमार्फत् आजदेखि घरदैलोमै सवारी लाइसेन्स ढुवानी सुरु
- कर्णालीकी ‘जेठी आमा’ शाहीको ११७ वर्षको उमेरमा निधन
- खडानन्द चौलागाईको ‘दशनामी समाजका भ्रम र खस सभ्यता’ कृर्ति लाेकार्पण
- चन्दननाथ सहकारीले पनि किसालाई फाईदा र गुणस्तर कायम राख्दै स्याउ बजारीकरण गर्ने
- राष्ट्रिय प्रसारणकाे बत्ति जाेडिएपछि छानीगाडामा कुटानी पिसानी मिल सञ्चालन, स्थानीयलाई सहज
- अब छिट्टै कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार हुन्छः मुख्यमन्त्री शाही








