OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाही जेठ ८, २०७७ जुम्ला,
१४८७ पटक

जेठ ८ गते । हुम्ला र मुगुमा आरडिटि परीक्षण पोजेटिभ देखिएका ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार हुम्ला नाम्खाका २ जना र मुगु खत्याडका १ जनाको आरडिटि पोजेटिभ देखिएकाको थियो, जुम्लामा पिसिआर रिपोट नेगेटिभ देखिएको जानकारी गरिएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख बिबेक पुन मगरले तिनै जनाको नेगेटिभ देखिएको जानकारी गर्नुभयो ।
यसैगरी पछिल्लो समय परीक्षण गरिएका हुम्ला, कालिकोट र मुगु र प्रतिष्ठानका स्वास्थ्यकर्मी गरी पाँच सय ६९ जनाको रिपोट सवैको नेगेटिभ आएको छ । हेलिकोप्टरबाट संकलन गरिएका उक्त स्वाबहरु परीक्षण तीब्र बनाईएको छ । मध्यरात सम्म परीक्षण गरिएका कालिकोटका ३८८ जना, हुम्लाको १३३ जना, मुगुको ३९ जना र प्रतिष्ठानका स्वास्थ्यकर्मी ९ जनाको रिपोट नेगेटिभ आएको हो ।
यसभन्दा पहिला आरडिटि पोजेटिभ भनिएको हुम्लाको नाम्खाका २ जना सहित ३३ जना सवैको र मुगु खत्याडका १ सहित ३९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गर्ने दैनिक सूचनामा उल्लेख छ । यसैगरी हाल सम्म प्रतिष्ठानले जाँच गरेको प्रतिष्ठानमा एक हजार आठ सय ८८ जनाको परीक्षण नेगेटिभ आएको छ । यसैगरी हेलिकोप्टर मार्फत संकलन गरिएका हुम्ला, कालिकोट र मुगुको वाँकी स्वाब परीक्षण भईरहेको छ ।

प्रतिकृया दिनुहोस्