OnlinePana

आज : २०८३ आषाढ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २४, २०८१सुर्खेत
४९६ पटक

२४ साउन २०८१, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरुसँगको छलफलमा चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनले मात्र नागरिक अपेक्षा पुरा हुने बताउनुभयो । “राजनीतिक नेतृत्वले नीति निर्माण गर्ने हो,” उहाँले भन्नुभयो, “त्यसको कार्यान्वयनमा कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका हुन्छ । पहिलो चौमासिकमै परिणाम देखाउने गरी काममा लाग्नुस् ।”

आफ्नो वृति विकास, सरुवा र बढुवामा मात्र केन्द्रित नभई नागरिकका अपेक्षा पुरा हुने गरी सेवा प्रवाह गर्न मुख्यमन्त्री कँडेलले कर्मचारीहरुलाई सुझाउनुभयो । सरकारका काम कारवाहीहरुलाई जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गराउन सकिएमात्र सुशासन कायम हुने भन्दै उहाँले प्रदेश सरकारले कर्णालीमा कार्यरत कर्मचारीहरुको मनोबल कमजोर हुन नदिने जिकिर गर्नुभयो । कर्णालीको समृद्धि र विकासका लागि नीति निर्माण र कार्यान्वयन तहबीचको सघन सम्बन्ध अपरिहार्य रहेको उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्