

जेठ ६ गते । कर्णालीको हुम्ला मुगु र कालिकाेटकाे एक हजार सात सय ५३ जनाको स्वाब संकलन गरेर हेलिकोप्टर मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याईएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालकाे टोलीले हवाईमार्ग मार्फत स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि जुम्ला ल्याएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार हुम्लाका पाँच स्थानबाट छ सयजना, कालिकोटको नौ स्थानबाट छ सय ५३, मुगुको दुई स्थान र केही गाडिमा ल्याएको सहित पाँचसय गरेर एक हजार सात सय त्रिपन्न स्वाब जुम्ला ल्याईएको हो । जुम्ला ल्याईएको स्वाब भने दर्ता गरेर परीक्षण गरिने प्रयोगशाला प्रमुख बिबेक पुन मगरले जानकारी दिनुभयो । यस अघि जुम्लाको आठसय ४७ जनाको एकै दिन स्वाब सकलन गरेर परीक्षण गरिन नतिजा नेगेटिभ आएको छ ।
यसैगरी स्वाब संकलन गर्न चिकित्सकको टोलीलाई गत वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल जुम्ला पुगेर निर्देशन दिई हेलिकोप्टर मार्फत टोली जिल्ला जिल्ला खटाईएको थियो । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस अघि जोखिम जिल्ला वाहिरबाट आएका व्यक्ति, स्वास्थ्यकर्मी र पत्रकारहरुको एक हजार तीनसय १२ जनाको जुम्लामै पिसिआर परीक्षण गरि नतिजा नेगेटिभ आएको छ । यसैगरी त्यो भन्दा तीनसय २४ जनाको हेलिकोप्टर मार्फत काठमाडौं स्वाब पठाएर परीक्षण गरिएको थियो ।