OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ ६, २०७७जुम्ला,
१५१७ पटक

खलङ्गा जेठ ६ गते । मध्यरात १० बजे नेपाल भारतको सिमा जमुना नाकाबाट फोन आयो । हामीलाई भारतले नेपालको सिमानामा पुरयायो अव कता जाउ ? त्यो फोन उहाँले चिनेजतिका आफन्तलाई सवैर्लाइ गर्नुभयो । मध्यरात केही लागेन, खाना पनि खान नपाएर अलपत्र अवस्थामा परेका सयौले खुला ठाउँमा रात बिताए ।
जुम्ला हिमा गाउँपालिका निवासी दिलबहादुर रोकाया सहित लकडाउनले धेरैलाई समस्या त पार्यो तर घरमा आमाको मृत्यू हुदा पनि सिमानाकाबाट नेपाल आउन नसकेका कारण निकै ठूलााे पिडा भोगेको कथा सुनाउनु भएको छ ।
जेठ १ गते भारतमा मजदुरी गर्न गएका जुम्लाका २७ जनाको समूह सहित कर्णालीका अढाईसय बढि मानिसहरु सिमा नाकामा भारतले पुरयायो । यसका साथै करिब सातसय बढि नेपाली त्यो दिन अगावै नेपालगंजमा आईसकेका थिए ।
नेपालगंजको सिमामा जुम्लाका २७ जना, एक जना हुम्ला र एक जना मुगुका २९ जनालाई प्रमख जिल्ला अधिकारीको सम्पर्कमा कडा सुरक्षा व्यवस्था सहित नेपालगंज हुदै २ दिन लगाएर जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा राखिएको छ ।
क्वारेन्र्टाइनमा हिमा गाउँपालिकाका दिलबहादुर रोकायाको पनि उद्धार गरेर सरकारले प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा राखेको छ । उहाँले क्वारेन्टाईनबाटै सम्पर्क गरेर आमाको मृत्यू भएको समयमा पनि घर जान नपाईने परिस्थिति कस्तो आयो भन्दै मलिन श्वरमा पिडा पोख्नुभयो ।
गत वैशाख ३ गते आफु भारत उत्तर प्रदेशको अयोध्यामा लकडाउनमा बसिरहेको समयमा घरमा आमाको मृत्यूभएको खबर आयो । चैत्र महिनामै घर आउने योजना बनाईएको भएपनि भारतले चाडै लकडाउन गरेकाले आउन सकिएन । लकडाउनमै आमा बाचुँकला रोकायाको निधन भएपछि मनले मानेन । अयोध्याबाट नेपालका लागि पैदल यात्रा शुरु गरेका दिलबहादुरले भोकै दुईदिन हिडिसकेपछि विचबाट भारतीय प्रहरीको ट्रकले रुपैडिह पुरयायो त्यहाँ थप कडा भएकाले फेरी वावागंजमा फिर्ता लियो र क्वारेन्टाईनमा बस्यौ । आमाको मृत्यूमा एक्लो छोरा सिमाबाट छिर्न नसक्दा घरमा काजकिरिया कसले गर्यो होला रुदै वितेका स्मणरण गर्नुभयो । अहिले पनि क्वारेन्टाईनमा सेतो कपडा बसेको छु , उहाँले भन्नुभयो ।
अब जेठ १७ गते ४५ दिनको तिथि हुन्छ । त्यो समय पनि घर पुग्न नपाईने भयो । तर यो पिडालाई पनि थामेर अहिलेको समस्या भएकाले एक महिना भएपनि क्वारेन्टाईनमा बस्ने उहाँ बताउनु हुन्छ । रोकाया सहित २९ जना अहिले कडा सुरक्षा घेरामा जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा छन् ।
तर आमाको पिडा भन्दा पनि यसरी सरकारले उद्धार गरेर गृह जिल्लामा पुरयाउला भन्ने कुनै कल्पनै थिएन । जिल्लामा आयौ, सरकारले गरेको काम प्रति धन्यवाद दिदै दिलबहादुरले ढिलै भएपनि अव अन्य परिवार सँग भेट हुन्छ भन्ने आशा पलाएको उहाँले भन्नुभयो । नत पकेटमा पैसा छैन, नत कही कही केही खाना पाउछ, यस्तो पिडाले आमाको मृत्यू भन्दापनि आफ्नो ज्यान बचाउनु परेका कैयौ दिन दुखमा बितेको बताउनुभयो ।
दिलबहादुर सँगै भारतबाट आएकाले डेड महिना लकडाउनमा परेर सिमामा पाएका अन्यको दुखको त पिडा अझै छन । भारतबाट आएको दुई छाक पछि नेपालगंजमा खाना खायौ । नेपालगंजबाट जुम्ला पुग्दा ४ छाक पछि जुम्लामा आएर खाना खान पाएका छौ । अहिले खाना नास्ता र योगा समेत गर्न सिकाईएको र व्यबस्थित क्वारेन्टाईन भएको प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका हिमा गाउँपालिका १ निवासी गगनबहादुर शाहीले बताउनुभयो ।
पछिल्लो समयमा जिल्लाका सरोकारवालाहरु र सवै गाउँपालिकाले एकिकृत क्वारेन्टाईनको रुपमा जिल्लाको कर्णाली प्राविधिक शिक्षालयलाई तय गरेपछि हिमा गाउँपालिकाका नागरिक २५ जना भएकाले हिमा गाउँपालिकाकै आर्थिक सहयोगमा २९ जना अहिले बसिरहेका छन् । उनिहरुलाई नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिईरहेको छ ।
यो भन्दा पहिले चन्दननाथ नगरपालिकाले एक ब्लगमा क्वारेन्टाईन स्थापना गरेको छ भने अहिले हिमा गाउँपालिकाको आर्थिक सहयोगमा अर्को ब्लगमा स्थापना गरेको छ । अव अन्य पालिकाहरु आएमा फरक फरक पालिकामा क्वारेन्टाईन बनाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्