OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २५, २०८१सुर्खेत
८५ पटक

२५ जेठ २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले शिक्षा प्रणाली र लगानी नीतिमा सुधार ल्याउन नसक्दा देशले बेरोजगारीको सामना गर्नु परेको बताउनुभयो । शुक्रबार वीरेन्द्रनगरमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री कँडेलले मुलुक भित्रै प्रचुर सम्भावना हुँदा हुँदै पनि नेपालले बेरोजगारीको सामना गर्नु परेको बताउनुभयो ।

‘नेपालको युवा शक्तिलाई मुलुक भित्र टिकाई राख्न नेपालको शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने आवश्यकता छ,’ मुख्यमन्त्री कँडेलले भने । सोही बमोजिम कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका धेरै योजना अघि सारेको पनि बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने बताउनुभयो ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले नेपाली नागरिकसँग परम्परागत सीप भएपनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्यांकन नभएको जनाउनुभयो ।

उहाँदे भन्नुभयो ‘नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ, यो सीप इन्जियनियरको भन्दा कम छैन । तर, यो सीपले प्रमाणपत्र पाउन सकेको छैन, जसका कारण सीप भएका नेपाली युवाको पहिचान र मूल्यांकन हुन सकेको छैन,’

वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरको पार्क, बगैचा र चोकमा थुप्रिएका युवाको भिड, उनीहरुको सामाजिक सन्जालमा सजिएका फोटा र टिकटले हाम्रा लागि नीति बनाउन भनेर सरकारलाई घचघचाई रहेको बताउनुभयो ।

‘यो भिडले हामी मुलुकमा नै रहन चाहन्छौ, हाम्रो लागि नीति बनाउ भन्छ,’ उहाँले भन्नुभयो्, ‘कर्णाली आफैमा सम्पन्न छ, त्यसैले आगामी दिनमा कर्णाली दुर्गम र गरिब छ भन्ने भाष्य परिवर्तन गर्नुपर्ने दायित्व हामी माझ छ ।’

स्थानीय सरकारसँग मिलेर केन्द्रिय सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आगामी दिनमा रोजगारी सृजनाको अवसर र आर्थिक समुन्नती ढोका खोल्नमा सहयोग पुग्ने विश्वास लिएको उनले बताई । भोलि (शनिबार) सम्म चल्ने मेलामा सरकारी तथा नीजि क्षेत्रका गरी ४० वटा स्टल राखिएका छन् ।

 

प्रतिकृया दिनुहोस्