OnlinePana

आज : २०८३ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश वि.क,जेठ २५, २०८१काठमाडौं
५१९ पटक

जुम्ला जेठ २५ गते । जुम्ला करिब दुई दशक देखी काम गरिरहेको पेश नेपालले आफ्नो गतिविधिहरुको विषयमा जानकारी गरेको छ ।
पेश नेपालले जुम्ला स्थित सञ्चारकर्मीहरुको सहभागितामा आफुले गरेका कार्यक्रम सार्वजनिक तथा साक्षात्कार गरेको हो ।

कृषि, जलवायु अनुकुलन, खानेपानी, विपद व्यवस्थापन, मर्यादित महिनावारी लगायतका विभिन्न क्षेत्रको विकास गरि समुदायको सशक्तिकरण र दिगो विकासमा दिदै जुम्ला सहित मुगु र कालिकोटका ३२ वटा वडाहरुमा काम गर्दै आएको जानकारी गरिएको छ ।

कार्यकारी निर्देशक किशोर न्यौपानेले विभिन्न दातृ निकायको सहयोगमा जुम्ला,कालिकोट र मुगुमा सात वटा परियोजना संचालित जानकारी दिनुभयो । उहाँका अनुसार ‘समाजमा विद्यमान हानिकारक अभ्यासहरु थुप्रै रहेका र संचारकर्मीहरुको महत्वपुर्ण भुमिका भएकाले पेस नेपालले गरेका नमुना अभ्यासहरुलाई संस्थागत गर्न मिडियाको भूमिका हिजो, आज र भोलि महत्वपूर्ण हुने बताउनुधभयो । उहाँले जलवायु परिवर्तन, विपद न्युनिकरण, खानेपानी विकास तथा सरसफाई, बाल संरक्षण, संस्थागत विकास लगायतका विभिन्न काम गरिरहेको जानकारी दिदै पूर्वाधार विकास अन्तर्गत कक्षा कोठा देखि भुकम्प प्रतिरोधि विद्यालय भवन निर्माण गरिएको छ ।

सिंजा क्षेत्रका तीन पालिकामा ५ वटा भुकम्प प्रतिरोधि विद्यालय भवन समेत निर्माण भएका छन् । कार्यक्रममा पेश नेपालले पनि कोभिड रोकथाम तथा न्युनिकरणमा समेत उल्लेखिय भुमिका निर्वाह गरेको, समाजमा विद्यमान कुरिति न्युनिकरण देखि संस्था तथा सरकारले गरेका नमुना अभ्यासको निरन्तरता दिगोपनामा जोड दिन जरुरी रहेको छ ।
कार्यक्रममा पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले पेश गरिरहेको कामको शुभकामना दिदै मिडिया सँगको सहकार्य निरन्तर गर्न शुभकामना दिनुभयो

प्रतिकृया दिनुहोस्