OnlinePana

आज : २०८२ जेठ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १५, २०८१
४११ पटक

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले क्रियाशिल पत्रकार पुरस्कारका लागि रु पाँच लाखको कोष स्थापना भएको छ ।
हिमा गाउँपालिका जुम्लाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कोष स्थापना गरेको हो । गाउँपालिकाले दिएको उक्त रकमको जुम्लामा क्रियाशिल पत्रकारका लागि पुरस्कार वितरण गरिने छ । कोषको औपचारिक घोषणा हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले उद्घाटन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष शाहीले महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीलाई हस्तान्तरण गर्नु भएकाे छ । यसैगरी सो कोषबाट आएको रकमको व्याज तथा महासंघबाट ३ जना क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

क्रियाशिल पत्रकारहरु दिलमाया शाही, पत्रकार कृष्णमाया उपाध्याय र पत्रकार मानदत्त रावललाई परस्कृत गरिएको छ । पत्रकार दिलमाया शाही गौरी–पदम स्मृति पुरस्कारबाट पुरस्कृत हुनु भएको छ, शाहीलाई रु एघार हजार एकसय ११ रुपैया नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी पत्रकार कृष्णमाया उपाध्यायलाई रु १० हजार एकसय रुपैयाले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी पत्रकार मानदत्त रावललाई रु १० हजार एक सय रुपैया र नगद सहित पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुने पत्रकारलाई हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष शाहीले जुम्लाको ईतिहासमा पत्रकारहरुको कामको प्रोत्साहन गर्न यो काममा सहयोग गरिएको बताउनुभयो । उहाँले क्रियाशिल र अग्रज पत्रकारलाई सोही अनुसार सम्मान हुने बिषयको पत्रकारहरुलाई शुभकामना दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पत्रकारिता क्षेत्रको संघर्षमा प्रोत्साहन हुने काममा कोषबाट राम्रो भएकाले यसलाई बढ्वा दिन आवश्यक भएको जोड दिनुभयो । उहाँले पुरस्कृत हुने पत्रकारलाई वधाई दिदै आगामी दिनको शुभकामना दिनुभयो । पत्रकार महासंघका संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीले यो कार्य एक नमूना र पे्रणादायी काम भएकाले सवै स्थानीय तहले यसमा जोड दिन आवश्यक रहेको थियो । उहाँले हिमा गाउँपालिकालाई विशेष धन्यवाद दिनुभयो ।

कार्यक्रममा वोल्दै, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले महासंघको ईतिहासमा जुम्लामा संघर्ष गर्ने क्रियाशिल पत्रकारहरुका लागि स्थापना भएको पत्रकार कोषका लागि हिमा गाउँपालिकालाई धन्यवाद दिनुभयो । उहाँले पुरस्कृत हुने पत्रकारलाई वधाई दिदै आगामी दिनमा यसको दायरा र राशी बढाउनुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्