OnlinePana

आज : २०८१ माघ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०८१काठमाडौं
४७३ पटक

जेठ १३ गते । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाले २४ औ मानव अधिकार दिवस मनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकार दिवशको अवसरमा जिल्लाका मानव अधिकार सवालको विषयमा अन्र्तक्रिया गर्दै सुझाव संकलन समेत गरेको छ ।

आयोगका जुम्ला शाखा प्रमुख धनराज शाहीले जिल्लाको हालको अवस्था र जुम्लामा गरिरहेका कामका बिषयमा प्रस्तुतीकरण गर्नु भएको छ । उहाँले आयोगले अनुसन्धान गरेका घटना घटना, जिल्लाको मानव अधिकारको बिषयमा जानकारी गर्नुभयो । आयोेगका जुम्ला कार्यालय प्रमुख धनराज शाहीले जिल्ला स्तरमा समन्वय समिति गठन देखी तातोपानी लगाएतका केही स्थानीय तहमा समन्वय समिति गठन गरिएको छ । जिल्लामा विपत, महिला तथा वालवालिकाका सवाल, विकास निर्माण सहितका विभिन्नका सवालका मानव अधिकारको दृष्टिकोणबाट जानकारी गर्नु भएको थियो ।

दिवशको अवसरमा शुभकामना दिदै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले मानव अधिकार आयोगको कार्यालय जुम्लामा स्थापित गर्नका लागि निरन्तर पहल आवश्यक रहेको बताउदै जिल्लाका मानव अधिकारका सवालमा बिषयमा सवै समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कर्णाली प्रतिष्ठानको सेवा प्रवाहका विषयमा र फोहोर व्यवस्थानमा विषय, जुम्ला–सुर्खेत विमान सुचारुको विषय जोड दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मानव अधिकार क्षेत्र व्यापक भएकाले यसका विभिन्न क्षेत्र भएको बताउनुभयो । उहाँले सिंजा गाउँपालिका ६ मा स्याउ विरुवा काटिएको विषयमा राम्रो नभएको तर वन अतिक्रमणका लागि जिल्ला वन कार्यालयले सुरक्षा माग गरेकोमा जोड दिनुभयो । नेपाली कांग्रेसका नेता घनश्याम नगरकोटीले लागु औषध व्यापक रुपमा बढेकाले यसको नियन्त्रणका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । नेकपा एमालेका नेता ईन्द्र थापाले मानव अधिकारका सवालमा सवै सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो । राष्ट्रिय प्रजातान्तिन्त्र पार्टीका अध्यक्ष वेदबहादुर शाहीले मानव अधिकार आयोगको कार्यालय जुम्लामा स्थापित गर्न कहा के गर्नुपर्ने हो तयार भएको धारणा राख्नुभयो । नेमकिपाका अध्यक्ष पुर्णलाल खत्रीले ठूला राजनिति दलले मानव अधिकारको हननमा ध्यान नदिएको बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता देवेन्द्रराज शर्माले मानव अधिकार आयोगको जुम्ला कार्यालय सारिएको विषय गम्भिर भएकाले यसमा सवैको ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले न्यायका लागि आउने कतिपय पिडितहरुको वडावाट सिफारिस हुदा समस्या भईरहेको बताउनुभयो । अधिवक्ता नन्दबहादुर खत्रीले अदालतमा न्याय माग्दा आउने विपन्न व्यक्तिका लागि निशुल्क सेवा दिन कानूनी सहायता केन्द्रले काम गर्दै आएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले विभिन्न कालखण्डमा निकै राम्रो काम गरेको मानव अधिकार आयोगको कार्यालयनै सार्ने काम राम्रो नभएको बताउनुभयो । उहाँले विभिन्न समयमा पहल भईरहेकाले सवैको यसमा साझा सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले जिल्लामा हिंसा पिडित महिलाहरुका लागि आवश्यक कोष स्थापना गरिनुपर्ने, अपांगतामैत्री संरचना वनाउनुपर्ने वताउनभयो ।
कार्यक्रममा क्याड नेपालका कार्यकारी निर्देशक धनबहादुर गौतम, पेश नेपालका कार्यकारी निर्देशक किश्वर न्यौपाने, किडाक नेपालका जिल्ला संयोजक दिपराज रावत सहितले शुभकामना राख्नुभएको थियो भने अन्तरक्रियामा मानव अधिकार सवालका विभिन्न सुझाव आएका थिए ।

प्रतिकृया दिनुहोस्