OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २७, २०८१सुर्खेत
३४ पटक

२७ बैशाख २०८१, विहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासविना कुनैपनि मुलुकको समृद्धि संभव नभएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएसन अफ साइन्स एण्ड टेक्नोलोजीद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘युवा वैज्ञानिक सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले अहिलेको विश्वको विकास र समृद्धिको उपज विज्ञान र प्रविधि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वको लागि विज्ञान र प्रविधि विकास एवं समृद्धिको मूल औजार बनेको छ । समृद्धिका सुचकाङ्क देखिनुमा यसकै ठूलो योगदान छ ।”

विज्ञान र प्रविधि क्षेत्रमा भएका अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्नुका साथै यसलाई अँझ फराकिलो बनाउने काममा यो सम्मेलन सहयोग पुर्याउने बताउनुभएका मुख्यमन्त्री कँडेलले भन्नुभयो, “विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम् सृजना हाँसिल गर्न लागि रहेको विद्यार्थीहरुलाई यसैमा उत्साहित भएर लाग्न प्रेरणा मिल्नुपर्दछ । आशा छ, यो सम्मेलनले युवा वैज्ञानिकहरुमा भएको विशिष्टीकृत ज्ञान, सीप,, प्रविधि र नवीन विचारमार्फत् उनीहरुलाई नवीनतम् कामका लागि अभिप्रेरित गर्नेछ ।

विज्ञान र प्रविधि क्षेत्रको कार्यले नीति निर्माण तहमासमेत महत्वपूर्ण सुझाव र राय प्राप्त हुने बताउँदै उहाँले युवा वैज्ञानिकहरुका कार्य प्रशंनीय भएपनि राज्यको लगानी यसमा प्रयाप्त नभएको टिप्पणी गर्नुभयो । राज्यको ध्यान यसमा जान सकेको छैन । स्रोत साधनको अभावमा पनि नेपालका कैयन युवा वैज्ञानिकहरुले विश्वस्तरमा प्रतिस्पर्धा गरेको खबरले हर्षित तुल्याएको छ,” उहाँले भन्नुभयो ।

स्रोत लगानी अभाव त लगानी र अवसरको अभावमा नेपाली युवाहरु विदेसिनु पर्ने बाध्यता बनिरहेकोले अब स्वदेशमै रोजगानी सृजना हुने गरी काम गर्नुपर्ने उहाँको भनाई थियो । विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुन सक्छ बताउँदै मुख्यमन्त्री कँडेलले युवाको ज्ञान, सीप र सृजनालाई प्रोत्साहन गर्न सकेमात्र सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा हुने उहाँले बताउनुभयो ।

देशलाई समुन्नत बनाउन र आर्थिक विकासका निम्ति उत्पादनसँग जोड्न र जनताकोस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको आवश्यक पर्ने औंल्याउँर्दै उहाँले अनुसन्धानकर्तासँगको सहयोग र सहकार्यमार्फत प्रविधिको विकासलाई सम्वद्र्धन गर्न कर्णाली सरकार मप विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेकोजनाउनुभयो ।

सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले मध्यपश्चिम विश्वविद्यालयले विज्ञान र प्रविधिको सहयोगले विश्व प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयको उन्नयनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.ध्रुवकुमार गौतमले विश्वविद्यालय सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने साझा थलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रो पालामा देश समृद्ध बनाउन सक्छौं । हरेक युवा वैज्ञानिक उत्पादन हुने र विश्व प्रतिष्ठित ज्ञान दिन नसकेको हो कि भनेपनि अब विज्ञान र प्रविधिले सबैलाई सहज अवसर प्रदान गरेको छ ।”

सम्मेलनमा प्राध्यापक रामेश्वर अधिकारीले विज्ञान, प्रविधि र आजको युवासम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । सम्मेलन दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्