OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २०, २०८१काठमाडौं
१३० पटक

२० बैशाख २०८१, बिहीबार

‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तराष्ट्रिय प्रथम सम्मेलन’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुने भएको छ ।

हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साईक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा ‘सामुदायिक मानसिक रोग सम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रथम सम्मेलन जुम्लामा यही बैशाख २२–२३ गते दुई दिनसम्म सञ्चालन हुने भएको हो ।

कर्णालीमा सामान्यतः एकजना मानिसक रोग विशेषज्ञ जान नसक्ने ठाउँका नागरिकहरु सबैका लागि मानसिक स्वास्थ्य र सेवाको पहुँच पुगोस् भन्ने उद्देश्यले अन्तराष्ट्रियस्तरको सम्मेलन गर्न थालिएको हार्वर्ड युनिभर्सिटीको फ्याकल्टी डा.श्रीधर पौडेलले जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरु सहभागी हुने उहाँले बताउनुभयो । डा.पौडेलका अनुसार उक्त सम्मेलनमा करिब ५० मानसिक रोग सम्बन्धी कार्यपत्रहरु प्रस्तुत हुनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री, स्थानीय सरकारका प्रमुख तथा गैर सरकारी संघ÷संस्थाका प्रतिनिधिहरुमा सम्मेलनमा सहभागिता रहनेछन् ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्य सम्बन्धीको अन्तराष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकहरुको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताउनुभयो । “जुम्लामा सम्मेलन मात्र हुने छैन,” उहाँले भन्नुभयो, “हार्वर्ड युनिभर्सिटी र कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवामा सहकार्य र साझेदारी हुनेछ ।”

प्रतिष्ठानका जनरल प्राक्टिक्स एण्ड ईमरजेन्सी विभाग प्रमुख डा.तुला गुप्ताले दुर्गम क्षेत्रका नागरिकहरुको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर विभिन्न चुनौतिका बाबजुद पनि जुम्लामा सम्मेलन गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्मेलनमा विशेषज्ञ विज्ञहरुबाट मानसिक स्वास्थ्य सम्बन्धीका कार्यपत्रहरु पेश त हुने नै छन् । सम्मेलनले पाँच वर्षमा कर्णाली र यहाँको स्वास्थ्य अवस्थालाई कहाँ पुर्याउने भन्ने ‘जुम्ला घोषणापत्र’ जारी गर्नेछ ।”

एक सय भन्दा बढी सरोकारवालाहरुको सहभागिता रहने उक्त सम्मेलनमा सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सेलिङ (सिएमसी) नेपाल, हेल्थ फाउण्डेसन, एकीकृत मानसिक स्वास्थ्य केन्द्र (एनआईओएमएच) र नेपाल हेल्थ कोप्र्स साझेदार निकायका रुपमा काम गर्ने प्रतिष्ठान जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्