OnlinePana

आज : २०८१ बैशाख ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही , बैशाख १६, २०८१जुम्ला,
१७५ पटक

वैशाख १६ गते । जिल्लाको पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जिल्लाको पातारासी गाउँपालिका पूर्ण सुनिश्चित भएको हो ।
गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पातारासीलाई खोप सुनिश्चत तथा दिगोपना  सुनिश्चितता घोषणा गर्नुभएको छ । उहाँले खोप सुनिश्चतता घोषणा गर्दै हिजो पातारासीको स्वास्थ्य अवस्था निकै कमजोर अवस्था थियो तर आज विस्तारै सुधारिदै गएकोमा खुशी लागको बताउदै यो अभियानमा लाग्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह वोहराले गाउँपालिका पुर्णखोप सुनिश्चत भएपछि यसलाई टिकाई राख्न सवैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी मात्रै नभई जनप्रतिनिधि अझ वडाध्यक्ष सहितका जनप्रतिनिधिले सवै वालवालिका खोपमा निरन्तर दिन आजको आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष वोहोराले गाउँकै रैथाने बालिको खाना आमा र वालवालिकालाई खुवाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर वुढ्थापाले पातारासीका ०८०÷८१ मा १६ देखी २३ महिनामा १९० जना वालवालिकालाई पूर्णखोप लगाईएको छ । उहाँका अनुसार त्यस मध्य ड्रप आउट भएका २३ जना वालवालिकालाई पनि खोप लगाईएको जानकारी दिनुभयो । वुढ्थापाले यो कार्यक्रमको उद्देश्य वालमृत्यूदरलाई कम गर्नु रहेको छ । गाउँपालिका निवर्तमान अध्यक्ष लक्षिमन वोहोराले अघिल्लो कार्यकालमा स्वास्थ्य क्षेत्रमा शुरु भएका कामको पूर्णता दिन गाउँपालिकालाई सुझाव दिनुभयो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले पातारासी गाउँपालिकाले पनि पूर्णखोप सुनिश्चितताको निरन्तरता दिएको धन्यवाद ज्ञापन गर्दै समन्वय सहकार्यमा खोप सहितका स्वास्थ्य क्षेत्रका कार्यहरु गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले खोप सहित औषधी खरिद तथा स्वास्थ्य क्षेत्रमा पनि स्थानीय तहको तर्फबाट बजेट विनियोजन गर्न अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलले गाउँपालिका पूर्णखोप सुनिश्चतताको बिषयमा प्रभावकारी काम गर्न थालेको बताउदै आगामी दिनमा यस विषयमा प्रथामिकता दिने जोड दिनुभयो । वडाध्यक्ष कालिबहादुर ऐडिले जनताको मानव स्वास्थ्य सँग जोडिएको विषयमा वडापालिकाले प्रथामिकता दिने प्रतिवद्धता जनाउनुभयो । घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाई, शिक्षा विकास समन्वय ईकाइ निमित्त प्रमुख रमेश मल्ल सहितका सरोकारवाला व्यक्तिले सुझाव दिएका थिए ।  घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाई, शिक्षा विकास समन्वय ईकाइ निमित्त प्रमुख रमेश मल्ल सहितका सरोकारवाला व्यक्तिले सुझाव दिएका थिए । यसैगरी पूर्ण खोप सुनिश्चततामा सघाउने वडा कार्यालय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्