OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख ६, २०८१बड्की,जुम्ला,
८९ पटक

वैशाख ६ गते । कालिका मावि बड्कीको ५२ औ बार्षिय उत्सव विभिन्न कार्यक्रमगरी मनाईएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । .
बार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक खम्वा शाहीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा यस विद्यालय स्थापनाको इतिहास, सहयोेगीदाता तथा चन्दादाताहरु र स्थानीयकोे लगानीमा विद्यलाय अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले विद्यालयबाट उत्पादित जनशक्ति विभिन्न स्थानमा स्थापित भएको बताउदैै हाल विद्यालयमा कक्षा १ देखी १२ सम्म अध्यापन भईरहेको छ । विद्यालयमा पुराना र नवनिर्माण भईरहेका समेत २४ कोठे भवन रहेका छन् । विद्यालयले कक्षा ११ संकायको पठन पाठन समेत शुरु गरेकोछ । यसैगरी योे भन्दा पहिला २०७६।०७७ मा ३ बर्षे डिप्लोमा तह कृषि तर्फ वालि विज्ञानमा अध्यापन शुरु गरेको थियो । विद्यालयले भर्ना समेत शुरु भएकोले आफना वालवालिकालाई भर्ना गर्न अपिल समेत गरेको छ ।
वि.सं २०२९ सालमा स्थापना भएको सो विद्यालयका प्रथम प्रधानाध्यापक देखी हाल सम्मका प्रधानाध्यापक र प्रथम विद्यालय व्यवस्थापन समिति देखी हाल सम्मका अध्यक्षहरुको नामावली समेत सार्वजनिक गरिएको छ । विद्यालयले बार्षिक उत्सवको अवसरमा पुर्व राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीलाई सम्झेको छ । शाहीको पहलमा विद्यालयमा भवन निर्माणमा सहयोग भएको थियो ।

वार्षिक उत्सवको अवसरमा अतिथिहरुले शुभकामना मन्तब्य सहित सुझाव दिएका छन । अवसरमा हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यालयको गुणस्तर शिक्षा र भौतिक संरचनाको बिषयमा गाउँपालिकाको प्रथामिकता हुनेमा जोड दिनुभयो । उहाँले कालिका माविको स्टेज तथा मन्दिर निर्माणका लागि रु १० लाख बजेट विनियोजन गर्ने घोषणा गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले विकास भनेको विस्तारैै हुने बताउदै गाउँपालिकको प्रथामिकता हुनेमा जोड दिनुभयोे । नेकपा माओवादी केन्द्र्रका प्रदेश कमिटि सदस्य अम्मरजंग शाहीले कालिका मा.विको पछिल्लो विकास स्वरुप बदलिएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तरका लागि विद्यालयमा पार्टीको तर्फबाट सहयोग हुनेमा जोड दिनुभयो । नेकपा एमालेका प्रतिनिधि भागिरथी शाहीले लामो समय सौतेनी व्यवहारको समस्यामा रहेको कालिका मा.विमा अव भौतिक र शैक्षिक विकास गर्न सवैको सहयोग आवश्यक रहेको सुझाव दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले सवैको सहयोग र सहकार्यमा विद्यालय अगाडि बढेको बताउदै कार्यक्रममा आएर सुझाव दिने सवैलाई धन्यवाद दिनुभयो ।
बार्षिक उत्सवमा वडा नं ७ का वडाध्यक्ष विक्रम शाही, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्ला कार्यालयका प्रमुख धनराज शाही, पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, नेपाल शिक्षक संघका पूर्व जिल्लाध्यक्ष गजबहादुर शाही, स्थानीय सहयोग हर्षबहादुर शाही, राहादेव मावि मोफ्लाका प्रअ पृथ्वी रावत, लक्ष्मी देवल आ.विका प्रअ धनलक्ष्मी धिताल, स्थानीय देवु सुनारले आफनो शुभकामना मन्तब्य दिनुभएको थियो । उत्सवका अवसरमा देउडा सहितका विभिन्न सास्कृतिक कार्यक्रमहरु गरिएका थिए ।

चार शिक्षक सम्मानित :
विद्यालयको बार्षिक उत्सवको अवसरमा चार जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा विद्यालयका शिक्षक दिपबहादुर शाही, जंगबहादुर शाही, शिवलक्ष्मी आचार्य, विद्यालयको लेखापाल धनराज शाहीलाई विद्यालयले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको छ । सम्मानि शिक्षक तथा कर्मचारीलाई गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाहीबाट प्रमाणपत्र र डायरीले सम्मान गरिएको छ ।
यसैगरी विद्यालयको बार्षिय परीक्षामा प्रथम, दृतीय र तृतीय हुने विद्यार्थीलाई कापी र डटपेनले पुस्कृत समेत गरिएको छ । विद्यालयको नतिजा अनुसार विद्यालय प्रथम स्मारिका शाही, दृतीय स्नेहा शाही, राकेश सुनार रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्