OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १, २०८१सुर्खेत
७९ पटक

 १ बैशाख २०८०, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनी र नीतिगत प्रबन्ध विना प्रदेश संरचना अधिकार सम्पन्न बन्न नसक्ने बताउनुभएको छ ।

नयाँ वर्ष २०८१ प्रारम्भ भएको अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगति शुभकामना व्यक्त गर्दै उहाँले संघीयताको मूल मर्म अनुसार अझै पनि प्रादेशिक संरचना तथा यसअन्तरगत आवश्यक नीतिगत र कानूनी प्रावधानहरुको धेरै अभावहरु देखिएको बताउनुभएको हो ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभएको छ, “सात दशक लामो नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको क्रममा छौं । यसको उद्देश्य पुरा गर्न प्रादेशिक संरचनाका लागि आवश्यक पर्ने संविधान प्रदत्त अधिकार महसुस हुने गरी कार्यको थालनी हुनुपर्दछ र हुने कुरामा अपेक्षा लिएको छु ।”

प्राकृतिक साधन र स्रोतले सम्पन्न भएर पनि हामी कर्णालीबासी विकास, समृद्धि र सुशासनका दृष्टिले पछाडि भएको उल्लेख गर्दै उहाँले कर्णालीका असंख्य संभावनाहरुलाई अवसरमा बदल्ने र प्रदेशको प्रतिष्ठा अभिवृद्धि गरी कर्णालीवासीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु प्रदेश सरकारको सर्वोपरि लक्ष्य रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको यो साझा लक्ष्य प्राप्तिका निम्ति सरोकारवाला सबैबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्ष उपलब्धि र समृद्धिको ऐतिहाँसिक वर्षको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्