OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २८, २०८०चितवन भरतपुर
४५७ पटक

२८ चैत २०८०, बुधबार

बागमती प्रदेश सरकारद्वारा आयोजित प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० अन्तरगत चितवनको भरतपुर औद्योगिक प्रदर्शनी हलमा जारी बक्सिङ प्रतियोगिताको चौथो दिनको स्पर्धाबाट कर्णालीका दुई जना फाइनलमा छनोट भएका छन् ।

आज भएको सेमीफाईनल खेलमा ६७ केजी अन्तगत भएको बक्सिङ प्रतियोगितामा बागमती प्रदेशका दिनेश लामालाई हराउँदै कर्णाली प्रदेशका प्रशान्त सुब्बा फाइनलमा प्रवेश गर्नुभएको टिम प्रशिक्षक सन्दीप श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, ५७ केजी अन्तरगत गण्डकी प्रदेशका चन्द्रबहादुर थापालाई हराउँदै कर्णाली प्रदेशका प्रवल उप्रेती फाईनलमा प्रवेश गर्नुभएको प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्