OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ८, २०८०काठमाडाैं
९६ पटक

८ चैत २०८०, बिहीबार

चिकित्सा शिक्षाका क्षेत्रमा आपसी सहयोग तथा सहकार्य गर्ने ध्येयका साथ मुलुकका तीन प्रतिष्ठानबीच सम्झौता भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच आज त्रिपक्षीय सम्झौता भएको हो । प्रतिष्ठानका सहकुलपति उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीपी र न्याम्ससँग, बीपीले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बीपीसँग एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता गरेको प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल राववले बताउनुभयो ।

उक्त सम्झौँता पत्रमा न्याम्सका उपकुलपति प्राडा.भुपेन्द्रकुमार बस्नेत, कर्णालीका उपकुलपति डा मंगल रावल र बीपीका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले हस्ताक्षर गर्नुभएको छ । प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलले सम्झौँता पछि विद्यार्थी तथा फ्याकल्टी एक्सचेन्ज कार्यक्रम सुरु हुने बताउनुभयो । “शैक्षिक कार्यक्रम सञ्चालनका लागि सुगमको तुलनामा दुर्गममा गाह्रो नै हुन्छ,” उहाँले भन्नुभयो, “काठमाडौँको न्याम्स, धरानको बीपी जस्तै जुम्लामा पनि अण्डर ग्राजुएट्स र पोष्ट ग्राजुएट्सका कार्यक्रमहरु सञ्चालित गरेका छौं ।”

काठमाडौँमा धरानबाट शिक्षक तथा विद्यार्थीहरु जुम्ला आउँदा, जुम्लाका शिक्षक तथा विद्यार्थीहरु काठमाडौँ र धरान पनि पुग्न सक्ने बताउँदै उहाँले प्रतिष्ठानका सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउन एक अर्कासंग फ्याकल्टी तथा स्टुडेन्ट सेयरिङका कार्यक्रम गरिने जनाउनुभयो । कार्यक्रममा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रुपमा अघि बढाउन आपसी सहयोग तथा सहकार्यले महत्व राख्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले स्वास्थ्य शिक्षा र सेवामा पु¥याएको योगदान मुलुकका लागि महत्वपूर्ण भएको जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्