OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ८, २०८०
२८६ पटक

८ चैत २०८०, बिहीबार

चन्दननाथ नगरपालिका ६ जुम्ला निवासी जुम्लाका डा. कुशेन्द्रबहादुर महतसहित राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा.महतसहित ललितपुरका डा.अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपालका तीन र कोरियाका सात गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा कोरिया र नेपालका आरोहीले हिमाल आरोहण गर्न लागेको बताइएको छ ।

त्यसैगरी बैठकले कर्णाली प्रदेश सरकारका कायममुकायम सचिव पदमा कार्यरत चुडामणि पौडेललाई प्रशासन सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय समेत भएको सञ्चामन्त्री एवं सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्