OnlinePana

आज : २०८३ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ८, २०८०
४३६ पटक

८ चैत २०८०, बिहीबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ । समाजमा हुने जातीयलगायत सबै प्रकारका विभेदविरुद्ध डटेर सामना गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ ।

५९औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च)को अवसरमा कर्णालीवासीसहित सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख परियारले सरकार र सरोकारवाला सबैलाइ समाजमा विद्यमान सबै प्रकारका विभेदविरुद्ध दृढतापूर्वक क्रियाशील रहन आह्वान गर्नुभएको हो ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “समाजमा विद्यमान पुरातनवादी सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारण व्यवहारिक जीवनमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन सकिरहेको छैन । छुवाछुत प्रथा सभ्य समाजको अभिशाप हो । यसको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि साँस्कृतिक रुपान्तरण अपरिहार्य छ ।”

गोराहरुले गरेको रंगभेद र विभिन्न कालखण्डमा चलेको जातिय छुवाछुत तथा वर्गीय मुक्तिविरुद्धको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धा प्रकट गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधान २०७२ अन्तरगत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रुपमा लिदै त्यसलाई निषेध गरेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्