OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,चैत्र ८, २०८०जुम्ला ।
१५५ पटक

चैत्र ८ गते । नेकपा एमाले जुम्लाको नवौ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने भएको छ ।
नेकपा एमाले जुम्लाले पत्रकार भेटघाट गरेर अधिवेशनको जानकारी गरेको छ । नेकपमा एमालेले पत्रकार भेटघाटमा आगामी वैशाख १५ र १६ गते जिल्ला सदरमुकाम खलंगामा अधिवेशन हुने जानकारी दिएको छ ।

अधिवेशन सम्पन्न गर्न अधिवेशन मुल समारोह समितिका संयोजक जिल्ला अध्यक्ष शान्तिलाल महतको संयोजकत्वमा जिल्ला सचिवालय सदस्यहरु, सदस्यहरु,विभागका संयोजकहरु, जनवर्गिय संगठनका प्रमुखहरु गरि विभिन्न ५ वटा समिति गठन गरिएका छन् ।
जिल्ला अध्यक्ष शान्तिलाल महतले अधिवेशनलाई भब्य रुपले सफल पार्न वैठक बसेर निर्णय भएको र अधिवेशनको उद्घाटनमा नेकपा एमाले केन्द्रीय समितिका अध्यक्ष केपी शर्मा ओलीलाई जुम्लामा निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।

नेकपा एमालेका केन्द्रीय समितिका सदस्य रतननाथ योगील अहिलेको गठवन्धन नेपालमा स्थायी शक्तिका लागि भएको बताउदै नेकपा एमालेले निर्वाचनमा सवैभन्दा बढि लोकतान्त्रिक अभ्यास गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्