OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ४, २०८०
१५७ पटक

चैत ४ गते । जुम्लाको गुठिचौर गाउँपालिकामा मेडिटेशन सेन्टर ( विपश्यना केन्द्र ) स्थापना गरिएको छ ।
गुठिचौर गाउँपालिका वडा नम्बर ३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको छ । स्थानीय प्रेमरज गिरी, डाक्टर निलम खड्का सहितको टिमले विपश्यना केन्द्र स्थापना गरेको हो । केन्द्रमा १० मिनेट आनापान ध्यान अहिले भईरहेको गिरीले जानकारी दिनुभयो । उहाँले १० दिन सम्मको पनि कोर्ष पनि भएकाले यसको निरन्तरताको आवश्यकता रहेको जानकारी दिनुभयो ।

सदरमुकामबाट गाडिमा एक घण्टा टाढा सो क्षेत्रमा छेउमा तिला नदि, माथि जंगल, वरिपरि स्याउका विरुवा सो केन्द्रमा रहेका छन् । सञ्चालक गिरीले मानव जीवनलाई शान्त बनाउनका लागि यो केन्द्र स्थापना गरिएको बताउनुभयो । आफुले विभिन्न स्थानमा यो कोर्ष लिएको बताउदै मानिसलाई असल वनाउने, शान्त बनाउने उद्देश्यले यो केन्द्रको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

उहाँले आफु स्वास्थ्यकर्मी भएको यो पनि मानव स्वास्थ्यका लागि निकै महत्वपूर्ण भएकाले ईच्छुक महानुभावहरुले यस केन्द्रमा १० दिने कोर्ष लिन सकिने बताउनुभयो । केन्द्रमा महिला र पुरुषका लागि भिन्न भिन्नै अस्थायी आवास टेन्टको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

विपश्यना केन्द्रमा आनापान गर्न पुगेका जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका सहायक न्यायाधिवक्ता रेनुका राईले मानव जीवनका लागि यो अध्ययन आवश्यक रहेको बताउनु भयो । उहाँले हरेक व्यक्तिले आनापान सँगै यो कोर्ष लिन आवश्यक रहेकोमा जोड दिनुभयो । सञ्चालक गिरीले विपश्यना शिविरमा जीव हत्या नगर्ने, चोरी नगर्ने, ब्रहमचार्य पालना गर्ने, झुठो नवोल्ने, नशालु पदार्थ सेवन नगर्ने यसका साथै खाने, उठ्ने अन्य दैनिक क्रियाकलाप पनि शिविरमा सिकाई हुनेमा जोड दिनुभयो ।

मानिसहरु अहिले हिंसात्मक गतिविधिमा बढि लाग्ने, तनाव लिने तथा सामाजिक विकृतिमा बढ्वा भईरहेको समयमा यस प्रकारको कोर्षले शान्त र शरिर स्वस्थ्य बनाउने बताईएको छ । यस कोर्षमा आवश्यकता अनुसार योगा समेत गरिदै आएको छ ।

 

प्रतिकृया दिनुहोस्