OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीचैत्र २, २०८०जुम्ला,
६० पटक

२ चैत २०८० शुक्रबार

अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा जुम्लामा प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको छ ।

‘स्वच्छ र प्रतिष्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार‘ भन्ने मुल नारा सहित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्लाको मुख्य बजार, चन्दननाथ हाईस्कुल, बिजयनगर, जिल्ला प्रहरी कार्यालय, टुडिखेल चन्दननाथ मन्दिर हुदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो ।

कोणसभामा जिल्ला समन्वय समिति जुम्लाको प्रमुख गौरीन्द आचार्यले हरेक क्षेत्रमा उपभोक्ताले सेवा लिने क्रममा ध्यान दिन जरुरी रहेको छ । उहाँले सो क्षेत्रमा उपभोक्ता देखी सरोकारवालाले ध्यान दिन जरुरी रहेको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सन १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइ उपभोक्ताका चार अधिकार भएको घोषणा गर्नुभएको थियो । त्यसै दिनको सम्झनामा ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाउन थालिएको बताउदै यस बिषयमा सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

उद्योग उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद कुमार बानियाले सवै उपभोक्ता सचेत हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले खरिद गर्दा मिति नाघेको वा मुल्य बृद्धिका बिषयमा सचेत उपभोक्ता आफै सचेत भएको जानकारी दिनुभयो । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्लामा गुणस्तर खाद्यन्न मापनका लागि प्रयोगशाला आवश्यक रहेको सुझाव दिनुभयो ।

उहाँले लामो समय देखी प्रयोगशाला राख्न आवश्यकता रहेको बताउदै यस बिषयमा सरोकारवाला निकायले जोड दिन आवश्यक रहेको बताउनुभयो । उद्योगी रामकृष्ण चौलागाईले सरकारले अनुगमनलाई अलि व्यापक बनाउन आश्यक रहेको भन्दै बजारमा बढेको महंगी र कालोबजारीको बिषयमा ध्यान दिन आवश्यक रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्