OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २८, २०८०
२६३ पटक

२८ फागुन २०८०, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यक भएको बताउनुभएको छ ।

उद्योग बाणिज्य संघ सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा दुई सातासम्म सञ्चालन भएको ‘तेस्रो कर्णाली एक्स्पो’को समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्मा औद्योगिक क्षेत्रको विकासविना कर्णालीमा आर्थिक समृद्धि हुन नसक्ने बताउनुभयो । उहाँले तेस्रो कर्णाली एक्स्पोले यहाँको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा सघाउ पुग्ने जनाउनुभयो ।

“कर्णालीमा विकासका लागि सहकार्य आवश्यक छ” मुख्यमन्त्री शर्माले भन्नुभयो । “हामी सबै सरोकारवालाहरुको सहकार्यमा मात्र कर्णाली माथि उठ्छ । यसका लागि सबैमा सामुहिक भावना र सकरात्मक सोच आवश्यक छ ।” ठूला खालका प्रदर्शनी गर्न सक्ने गरी कर्णाली सरकारले संरचना तयार गर्ने कार्यलाई पनि अगाडि बढाउने उहाँको भनाई थियो ।
फागुन १५ गतेदेखि सञ्चालन भएको सो एक्स्पोमा ५० हजार भन्दा बढी दर्शकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्