जुम्ला / फागुन २५ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्व बिप्लब सि ले बर्तमान राज्य व्यवस्था स्थिर नभएपछि समस्या भईरहेकाे बताउनु भयाे । जुम्लामा स्याउकाे विरूवा राेप्नका लागि हिमा गाउँपालिकाकाे धाचुगाउँ पुग्नु भएका बिप्लवले अस्थिर व्यवस्थाले जनताले दुख भएकाे बताउनुभयाे ।उहाँले थप्नुभयाे, त्यसैले हामीले आफैले भनिसकेका छाै, याे व्यस्थामा अलिकति शासकीय स्वरूप, कानुनहरू बदल्नु पर्छ । कानुनहरू जनतातिर फर्काउनु आवश्यक छ । उहाँले अहिलेकाे सरकार फेरवलदकाे इंगित गर्दै अस्थिर हुदा जनतालाई, दुख, चिन्ता, वेखुशी जस्ताे छ । अहिले अस्थिरता भईरहेकाले नेपाली विशेषताकाे समाजबाद आवश्यक रहेकाे बताउनु भयाे । हिमा गाउँपालिका ७ धाचुगाउँमा मध्यरात पुग्नु भएका उहाँले जनताका लागि स्याउ राेप्ने अभियानकामा जुम्ला पुगेका छाै । स्याउ राेप्न राज्यलाई सहयाेग मागेका थियाै तर स्याउ विरूवामा राज्यबाट कानुन त्यर्सेयाएर विरूवा उपलब्धमा कठिन भएकाेमा गुनासाे पाेख्नु भयाे । उहाँले स्याउ राेप्नका लागि विरूवा जनतालाई सजिलै दिने कानून निर्माण आवश्यक रहेकाे बताउनु भयाे । हिमा गाउँपालिकाकाे धाचुगाउँकाे हाणुल्यमा स्याउ राेप्ने कार्यक्रमका लागि महासचिव विप्लव सहित स्थायी कमिट सदस्य भरत सि, पाेलिटव्यूराे सदस्य आदर्श सि, असल सि सहितका नेताहरू विहीवार जुम्ला पुगेका छन् । शुक्रवार २५ गते र शनिवार २६ गते जुम्लाकाे हाणुल्यमा र २७ गते कालिकाेट फाेईमहादेवमा स्याउ खेतिका विरूवा राेप्ने कार्यक्रम छ ।
नेत्र शाही,फागुन २५, २०८०जुम्ला
३६८ पटक
- दुर्गममा हवाई सेवा दिने कम्पनीलाई प्रदेश सरकारको पूर्ण सहयोग हुन्छः मन्त्री अधिकारी
- जुम्ली फुटबल खेलाडीलाई मार्सी ब्वाईज फुटसल टोलीको स्वागत
- नलगाडमा माओवादीका लामिछाने उपमेयरमा विजयी : जनयुद्ध, पत्रकारिता हुँदै नलगाडको उपमेयर
- अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक हेयको दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल
- दैलेखको दुल्लु १३ मा एमालेका शाही विजयी
- मानवीय व्यवहारले मात्र हिंसाजन्य घटना कम गर्न सकिन्छः मन्त्री भण्डारी
- तिलागुफा ४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी
- कर्णालीमा मंसिर २४ गते ‘प्रदेश सुरक्षा सम्मेलन’ हुँदै
- अधिकार भन्दा पूर्वाधार विकासमा लगानी गर्न साझेदार निकायलाई मुख्यमन्त्रीको सुझाव
- कर्णालीमा सञ्चालित खानेपानीका योजनामा बजेट अभावमा हुन दिन्न: मन्त्री यादव