OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २२, २०८०
३७८ पटक

२२ फागुन २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारबाट नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका तीन मन्त्रीहरुले संयुक्त राजीनामा दिनुभएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्त राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शर्माले राजीनामा बुझ्दै जो जहाँ रहेपनि कर्णालीको मुख्य दुश्मन गरिबीसँग लड्न सबै एक भएर अगाडि बढ्नेमा दुईमत नभएको बताउनुभयो ।

राजनीमा बुझाउनुपूर्व तीन मन्त्रीहरुले पत्रकार भेटघाट कार्यक्रम गर्नुभएको थियो । भेटघाटमा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनर्गठनमा सहज पुगोस् भन्ने हेतुले समयमै राजीनामा दिइएको बताउनुभयो । उहाँले काम गर्ने इच्छा हुँदाहुँदै पनि पछुतो लिएर फर्कनुपरेको पत्रकारसँग प्रतिक्रिया दिनुभयो ।

करिब १० महिना १५ दिन सरकारमा रहेर काम गरेका योजनामन्त्री सिंह, सामाजिक विकासमन्त्री पोखरेल र उद्योगमन्त्री बिसीले आफू बहाल रहँदाको अवधिमा गरेका काम र त्यसको प्रगतिबारे पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्