OnlinePana

आज : २०८२ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २२, २०८०
१६५ पटक

२२ फागुन २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री शर्मालाई आज भेट्न आउनुभएका आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम अगाडि बढाउन अनुरोध गर्नुभएको हो । भेटघाटको क्रममा मुख्यमन्त्री शर्माले अहिलेसम्म भएको आयोजनाको गतिविधि र प्रगतिबारे शर्मासँग जानकारी लिनुभएको थियो ।

माथिल्लो कर्णाली जलविद्युत कर्णाली प्रदेशसहित मुलुकको महत्वपूर्ण आयोजना भएकोले यसको कार्यमा तीव्रता सुझाउनुभएका मुख्यमन्त्री शर्माले प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि तयार रहेको जनाउनुभयो । आयोजनाका प्रतिनिधि शर्माले

नौ सय मेगावाट जलविद्युत क्षमताको उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) लिएको छ । जीएमआरले माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अगाडि बढ्न सकेको छैन । जीएमआरले सन् २००८ मा नै आयोजना निर्माणको जिम्मा पाएको थियो

प्रतिकृया दिनुहोस्