OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जुम्ला,फागुन २२, २०८०जुम्ला,
१९८ पटक

फागुन २३ गते । जुम्लाको हिमा गाउँपालिका सामुहिक रुपमा स्याउ रोप्न तथा स्याउ खेतिका लागि नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध ९बिप्लव सि० जुम्ला आउनु हुने भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजना अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ हाणुल्यमा सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य विर्खबहादुर शाही (प्रभाजित सि ) का अनुसार पार्टीको कार्यक्रम अनुसार पार्टीले लिएको कृषि उत्पादन लक्ष्य अनुसार त्यस क्षेत्रमा फागुन २५ गते देखी १० हजार स्याउका विरुवा रोपिने छन् । सो सामुहिक स्याउ रोेप्ने क्षेत्रमा स्याउ खेतिका लागि विप्लव र खड्कबहादुर विश्वकर्मा प्रकाण्ड आउने कार्यक्रम रहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका अनुसार २४ गते उहाँहरु जुम्ला पुग्ने कार्यक्रम रहेको छ, २५ र २६ गते सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टीले जानकारी दिएको छ । सामुहिक स्याउ रोप्ने कार्यक्रमका लागि फागुन १५ गते देखी स्थानीय स्तरमा तयार भईरहेको छ । स्थानीय स्तरमा प्रभाजित सी, अर्जुन सी लगायतका नेताहरुको अगुवाईमा कार्यक्रमको तयारी भईरहेको छ । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव सि, नेता प्रकाण्ड सि सहितका आधा दर्जन स्थायी कमिटिका नेताहरु जुम्ला आउने भएका छन् ।

यसैगरी २७ गते कालिकोटको फोई महादेवमा पनि स्याउ रोप्ने कार्यक्रम रहेको छ । यसैगरी २८ गते जुम्ला र कालिकोटको नाग्ममा जनसभा गर्ने कार्यक्रम रहेको छ । यसैगरी २९ गते कालिकोटमा पत्रकार भेटघाट गरि नरहरीनाथ तिर जाने कार्यक्रम रहेको छ ।

फाईल : तस्बिर

प्रतिकृया दिनुहोस्