OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २२, २०८०सुर्खेत
१५५ पटक

२२ फागुन २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताउनुभएको छ ।

द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका ९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवं धार्मिक महामहोत्सव’ उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले राजनीति र धर्म फरक देखिएपनि मर्म एउटै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा रहेका अन्याय, अत्याचार, कुरिती, कुसंस्कार र विभेद अन्त्य गरेर मानव सेवा गर्नु नै राजनीति र धर्मको लक्ष्य हुनुपर्दछ ।”

धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर संभावना रहेको कर्णाली प्रदेशमा आन्तरिक र बाह्य पर्यटक आर्कषणका लागि आवश्यक पूर्वाधार निर्माणलाई जोड बताउँदै मुख्यमन्त्री शर्माले भन्नुभयो, “कैलाश मानसरोवरलाई गन्तव्य बनाउने गरी सर्किट तयार गनुर्पछ । कर्णाली प्रदेशका विभिन्न धार्मिक र प्राकृतिक पर्यटकीयस्थल हाम्रा सम्पदा हुन् । पयर्टन समृद्धिको माध्यम हो ।”

मानिसलाई आर्थिक सम्पन्नताले सुख र सामाजिक न्यायले खुसी हुने भएकोले त्यो अवस्था निर्माणमा सरकार लागेको उहाँको भनाई थियो । एउटा फरक प्रसंगमा उहाँले भन्नुभयो, “सरकार फेरबदल भईरहने प्रणालीबारे समयमै सोचेर जनतावाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्वन हुन सकेमात्र राजनीतिक स्थिरता कायम हुन्छ । अब दलहरुको बहस यता केन्द्रित हुन जरुरी छ ।”

महायज्ञमा प्रतिनिधिसभा सदस्य हृदयराम थानी, राष्ट्रियसभा सदस्य नरबहादुर बिष्ट, कर्णाली प्रदेशसभा सदस्य विन्दमान बिष्टलगायतले मानव जीवनलाई अनुशासित र नैतिक मूल्य, मान्यताका बारेमा ज्ञान दिने कार्यक्रमले समाजलाई सभ्य एवं सुसंस्कृत बनाउने धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्