OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १९, २०८०
३२२ पटक

१८ फागुन २०८०, शुक्रबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तीन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री र सचिवहरुबीच समन्वय बैठक सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीको अध्यक्षतामा आज वीरेन्द्रनगर सुर्खेतमा बसेको बैठकले दुईवटा निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र गृह, सञ्चार र कानून मन्त्रालयका मन्त्री र सचिवहरुबीच अन्तर प्रदेश अनुभव अदानप्रदान गरिएको छ ।

उक्त बैठकले प्रदेश प्रहरी समायोजनलगायतका विषयमा आवश्यक छलफल गरी सो सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयमा समन्वय गर्न सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री र गृहमन्त्रीबीच आगामी चैतको पहिलो हप्तामा समन्वय बैठक बस्ने निर्णय गरेको छ ।

बैठकमा बाग्मती तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीद्वय गंगानारायण श्रेष्ठ र शिवदत्त भट्ट, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका सचिवत्रय वीरेन्द्रकुमार यादव, ध्रुवकुमार घिमिरे र सुशील वैद्यको उपस्थिति रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका सूचना अधिकारी रोशन शाहीले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्