OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १८, २०८०सुर्खेत
९२ पटक

१८ फागुन २०८०, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रविधिको विकासबाट मात्र कर्णालीलाई माथि उठाउन सकिने बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा आजबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको दुईदिने ‘डिजिटल कर्णाली कन्क्लेभको आज शुभारम्भ गर्दै उहाँले कर्णालीको समग्र विकासलाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताउनुभयो ।

उहाले भन्नुभयो ‘कर्णालीको भूबनोट, यहाँको विकास आदिलाई ध्यान दिएर प्रविधिको विकास नगरी अहिलेको आवश्यकता पुरा गर्न कठिन छ । यसको उन्नति र प्रगतिका लागि प्रविधिको भरपुर उपयोग गर्नुपर्ने देखिन्छ ।’ कर्णालीमा हुने विकासलाई प्रविधिसँग जोड्नुपर्ने चुनौति रहेपनि युगको आवश्यकतालाई बोध गरी कन्क्लेभ आयोजना गरिएको उहाँको भनाई थियो ।

प्रविधिको सहायताबाट आउँदो दश वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्न लायक बनाउने शर्माले बताउनुभयो । आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले डिजिटल मार्गचित्र तयार गर्न कन्क्लेभको आयोजना गरिएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशकै एक महत्वपूर्ण मानिएको यो कार्यक्रमले नीति, नियम, सञ्चार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत, सुशासन, विपद् व्यवस्थापन, अर्थतन्त्र, नेतृत्व, स्टार्टअप र उद्यमीका विषयमा नीतिगत छलफल आजबाट सुरु भएको जनाउनुभयो ।

आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नीति र नेतृत्व, मानव पूँजी, आईसिटी र तथ्याङ्क उद्योग, डिजिटल पूर्वाधार, डिजिटल रुपान्तरण र सुरक्षाको विकास र सुनिश्चितताका लागि प्रविधि सम्मेलन गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार कन्क्लेभमा चार वटा प्रमुख नोट र छ वटा प्यानल सत्रहरु सञ्चालन हुनेछन् ।

प्रतिकृया दिनुहोस्