OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन १७, २०८०जुम्ला,
१०० पटक

फागुन १७ गते । जुम्लामा सञ्चालित प्रदेश स्तरीय पुरुष फुटवल प्रतियोगितामा जुम्ला र हुम्ला बिजयी भएका छन् ।
विहीवार सम्पन्न सेमिफाईनल पहिलो खेल सुर्खेत र जुम्ला वीच भएको थियो । सुर्खेतलाई पेनाल्टी सुटआउटमा जुम्लाले बिजय हात पारेको छ । विहान १० बजे भएको जुम्ला र सुर्खेत विचको खेल समयको शुरुवाती ७ मिनेटमै जुम्लाका रुबिन भण्डारीले गोल हान्न सफल भएका थिए । खेलको हाफ पछिको ७३ मिनेटमा सुर्खेतका खेलाडी भरत नंगालले गोल फर्काएका थिए । खेल अवधिमा १,१ गोलको बराबरीमा भएपछि रेफ्रिले पेनाल्टी दिएका थिए । पेनाल्टी अवधिमा सुर्खेतलाई ५ का विरुद्ध ६ गोल गर्दै जुम्लाले बिजय हात पारेको छ ।

यसैगरी दोस्रो सेमिफाईनल खेल हुम्ला र कालिकोट विच भएकोमा हुम्ला बिजयी भएको छ । हुम्लाले कालिकोटलाई खेल शुरुवात भएको ४ मिनेटमा गोल गर्न सफल भएको थियो । हुम्लाका खेलाडी शिव रावतले खेलको शुरुवातै गोल गरेका हुन् । यसैगरी खेलको १७ मिनेटमा हुम्लाका अनिल रावतले पेनाल्टी सुटआउटबाट दोस्रो गोल गर्न सफल भएको थियो । यसैगरी गरी कालिकोटले पनि खेलको हाफमा १ गोल फर्काएको थियो ।

यसरी हुम्लाले कालिकोटलाई १ का विरुद्ध २ गोल हानेर बिजयी भएको हो । आयोजक जुम्ला फुटवल संघका अनुसार फागुन १८ गते सेमिफाईनलमा बिजयी भएका फुटवल टिम जुम्ला र हुम्ला विच खेल हुने भएको छ ।

प्रतिकृया दिनुहोस्