OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १७, २०८०सुर्खेत
१०४ पटक

१७ फागुन २०९०, बिहीबार

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश समिति अध्यक्षमा ललिता रेग्मी निर्वाचित हुनुभएको छ ।

अ.ने.म.संघ कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँको नेतृत्वमा ९९ सदस्यीय कर्णाली प्रदेश समिति निर्वाचित भएको छ । संघको उपाध्यक्षहरुमा निर्मला विष्ट (रुकुमपश्चिम), गंगादेवी उपाध्याय (जुम्ला), देविका लामिछाने (जाजरकोट) र कृष्णकला शाही (कालीकोट) निर्वाचित हुनुभएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

त्यसैगरी, सम्मेलनबाट सचिव गीता तिमिल्सिना (सुर्खेत) र सहसचिवमा निर्मला बिसी (डोल्पा) चयन गरिएको छ । कोषाध्यक्ष समितिको पहिलो बैठकको निर्णयबाट चयन गरिने बताइएको छ । अध्यक्ष रेग्मीका अनुसार हालाई ८९ सदस्य चयन गरिएको र बाँकी १० सदस्य प्रदेश समितिको पहिलो बैठकबाट मनोनित गरिनेछ ।

नवगठित समितिले प्रदेशभरिका संगठनात्मक कामसहित आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन १४–१६ गतेसम्म सञ्चालन भएको अ.ने.म.संघको प्रथम प्रदेश सम्मेलनमा प्रदेशका दश जिल्ला गरी आठ सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्