OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन १६, २०८०जुम्ला,
१४६ पटक

फागुन १६ गते । जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटवल प्रतियोगिताको पहिलो दिनमा सुर्खेत र हुम्ला बिजयी भएका छन् ।
पहिलो खेल सुर्खेत र मुगु जिल्ला विच भएको खेलमा सुर्खेतले मुगु जिल्लालाई एक गोलका विरुद्ध चार गोल गरेर बिजयी भएको छ । आयोजक जुम्ला फुटवल संघका अनुसार सुर्खेतका ९ नम्बर जर्सी खेलाडी नविन वलीले ३१ मिनेटमा पहिलो गोल, ५७ मिनेटमा दोस्रो गोल हानेका थिए । यसैगरी दोस्रो हाफमा सुर्खेतका १७ नम्बर जर्सी खेलाडि भरत नगलले ६० मिनेटमा एक गोल र ६८ मिनेटमा अर्को गोल थप्न सफल भएका थिए । सुर्खेत र मुगु विचको सो खेलमा मुगुले एक गोल गर्न सफल भएको छ । मुगुका मिसी शाहीले ४८ मिनेटमा उक्त गोल गर्नु भएको थियो ।

यसैगरी दोस्रो खेल हुम्ला जिल्ला र जाजरकोट विच भएको छ । दोस्रो खेलमा हुम्ला जिल्ला २ गोलले बिजयी भएको हो । खेल अवधिमा गोल हान्न निकै प्रयास गरेको जाजरकोटले गोल गर्न सकेन । खेल शुरु भएको ३३ मिनेटमा हुम्लाका सागर शर्माले पेनाल्टी मार्फत गोल गर्न सफल भएका र दोस्रो गोल हुम्लाकै सुनिल शाहीले ५३ मिनेटमा गरेका थिए ।

जुल्ला जिल्ला फुटवल संघकाका महासचिव दिपेन्द्र बिक्रम हमालका अनुसार खेल नकाउट भएकाले विजेता जिल्लाले मात्रै अव अर्को खेल खेल्ने भएका छन् । जुम्ला र कालिकोट बाई परेकाले अव सुर्खेत–जुम्ला र हुम्ला–कालिकोट फागुन १७ गते सेमिफाईनलका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाईनलबाट बिजय भएको दुईबटा टिम १८ गते फाईनलका लागि भिड्ने भएको छ ।

फागुन १५ गते उद्घाटन गरिएको प्रदेश स्तरीय पुरुष फुटवल खेल प्रतियोगिता हिउँ परेकाले मंगलबार स्थगित गरि आज वुधवार शुरु गरिएको थियो । कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले खेलाडिलाई बल हस्तान्तरण गरेर खेल शुरु गरिएको थियो भने खेल प्रतियोगितामा घरेलु मैदानका खेलाडि जुम्ला सहित सुर्खेत, कालिकोट, हुम्ला, मुगु र जाजरकोट सहभागि भएका थिए ।

 

प्रतिकृया दिनुहोस्