OnlinePana

आज : २०८१ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १६, २०८०सुर्खेत
१३१ पटक

१६ फागुन २०८०, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आपसी सद्भावबाट समुन्नत समाज निर्माण हुने बताउनुभएको छ ।

नेपाल मगर संघको ४२औ स्थापनाको अवसरमा वीरेन्द्रनगर सुर्खेतमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र बहुधार्मिक समुदाय रहेको नेपालमा विविधतायुक्त समाज भएको बताउनुभयो । विविधताभित्र आपसी सद्भाव कायम गरी एकतावद्ध हुन सकेमात्र समुन्न समाजको निर्माण हुने उहाँको भनाई थियो ।

मुख्यमन्त्री शर्माले नेपाली राजनैतिक आन्दोलनमा मगर समुदायको उल्लेख्य भूमिका रहेको जनाउँदै भन्नुभयो, “अधिकारलाई कुण्ठित गरेर शान्ति स्थापना हुदैन । यसको भरपुर उपयोगबाट मात्र दिगो शान्ति संभव छ । मुलुकको दिगो शान्ति, विकास र समृद्धिको समग्र जातजाति, भाषाभाषी र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्नु राज्यको दायित्व हो ।”

“जनयुद्धको जगमा भएको जनआन्दोलनबाट प्राप्त संविधानले सबै जाति, भाषा, धर्म र संस्कृतिलाई आत्मासात गरेको छ,” मुख्यमन्त्री शर्माले भन्नुभयो, “संविधानमै महिला, दलित, मधेशी, आदिवासीजनजाति र अल्पसंख्यकलाई प्राथमिकता दिने व्यवस्था छ ।” समाजमा रहेका विकृति, विसंगति, अन्याय र अत्याचार अन्त्यका लागि मगर संघले भूमिका निवार्ह गर्न मुख्यमन्त्री शर्माले आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्