OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन १५, २०८०जुम्ला,
१५० पटक

फागुन १५ गते । जुम्लामा हिमपात भएको छ । मंगलबार १ बजे देखी हिमपात भएको हो । हिमपात हुदा चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । हिमपात शुरु भएपछि काममा गएका मानिसहरु फर्किने क्रम भएको छ ।

यसैगरी हिमपात भएपछि कर्णाली प्रदेश स्तरीय फुटवल खेल आजका लागि स्थगित भएको छ । खेलाडीहरु विरामी हुन सक्ने अनुमान गर्दै खेल आजका लागि स्थगित गरिएको जुम्ला फुटवल संघका अध्यक्ष भरत बहादुर बुढ्थापाले जानकारी दिनुभयो । मौसम राम्रो भएपछि खेल शुरु गरिनेछ । मौसम खरावीका कारण पहिलो टोली जाजरकोट र हुम्लाको भिड्ने तालिका भएपनि स्थगित भएको छ ।

विहान १२ बजे उद्घाटन भएको प्रदेश स्तरीय पुरुष फुटवल प्रतियोगिता १ बजेबाट निरन्तर हिमपात भएपछि स्थगन गर्नुपर्ने भएको हो । जुम्लामा दिउसो १ बजेदेखी निरन्तर हिउँ पर्न थालेको छ । फुटवल प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री तथा जुम्ला प्रदेश (ख) का सांसद टेकराज पछाईले गर्नु भएको छ ।

चिसोले हिउँ परिरहेको छ । अहिले जुम्लाको अग्लो स्थानमा हिमपात जमि सकेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका प्रमुख महेश शर्माका अनुसार जुम्लाको आजको तामक्रम न्यूनतम माईनस माईनस ३.७ र अधिकतम तापक्रम १५.४ डिग्री रहेकोे छ ।

 

प्रतिकृया दिनुहोस्