OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १३, २०८० सल्यान,
९२ पटक

१२ फागुन २०८० शनिबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सामुदायिक रेडियो आवाजविहिनको आवाजलाई बुलुन्द गर्ने भरपर्दो माध्याम भएको बताउनुभएको छ । उहाले भन्नुभयो ‘सामुदायिक एफएम रेडियो समाजिक रुपान्तरणमा योगदान छ । आवाजविहिनको आवाजलाई उजागर गर्ने कार्य रेडियोमार्फत भएको छ ।

सल्यानस्थित रेडियो शारदा एफएमले १६औ वर्ष प्रवेशको अवसरमा आयोजित ‘रेडियो अवसर चुनौति रेडियो संवादमा बोल्दै मन्त्री ज्वालाले जनताको न्यायको पक्षमा लडदै कुनाकन्देरासम्म लुकेर रहेका आवाजलाई राज्यसँग पुर्याउने काम रेडियोले गरिरहेको बताउनुभयो । उहाले भन्नुभयो पछिल्लो समय प्रविधिले फड्को मारेसँगै सामुदायिक रेडियोहरु समस्याग्रस्त अवस्थामा पुगेकाले यसलाई संरक्षण गर्दै अगाडि बढाउन आवश्यक रहेको छ ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कुषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले सामुदायिक रेडियो जनताको ढुकढुकीको माध्याम रहेको बताउनुभयो । उहाले भन्नुभयो ‘रेडियाले नै जनताका आवाज लाई सरकारसम्म पुर्याउन पुलका काम गर्दै आएकाले जनताका रुची र आवश्यकतालाई पहिचान गरि समाचारमूलक सामग्री प्रसारण गर्नुपर्दछ ।’

कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले सल्यान जिल्ला लगायत पहाडी जिल्लामा सञ्चारको पहुँच पुरयाउने माध्याम रेडियो भएकाले आर्थिक, सामाजिक क्षेत्र जागरण पैदा गर्नु पर्ने बताउनुभयो । उहाले भन्नुभयो ‘रेडियो पत्रकारिताकाको माध्यम जनताको जीवनस्तर सुधार्न, विकास र सुशासन लगायतका क्षेत्र थप प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यक छ । ’

गाउँपालिका राष्टिय महाँसंघ कर्णाली प्रदेशका अध्यक्ष निमबहादुर केसीले दुरदराज र पछाडी पारिएका जनताको आवाज बोल्ने माध्याम रेडियो भएको बताउनुभयो । उहाले भन्नुभर्यो स्थानीय तहले अघि सारेका कार्यक्रमलाई निगरानी खवरदारी र विकासमा साझेदारीलाई जोडेर अघि वढ्न आवश्यक छ ।
सल्यानका प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मीले सबै भन्दा भरपर्दो माध्याम रेडियो भएको बताउनुभयो । बदलिदो परिस्थितिसँगै लोकतान्त्रिक मूल्य मान्यता र नैतिकतालाई ख्याल गर्दै समाचार सम्प्रेसन गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो शारदा एफएम सञ्चालक समितिका अध्यक्ष प्रतीक इच्छुक शर्माले ‘परिवर्तन र शान्तिका लागि रेडियो शारदा’ भन्ने आर्दश लिएर समुदायका सजिला अप्ठ्यारोमा हातेमालो गरिरहेको बताउनुभयो । उहाले भन्नुभयो रेडियो पत्रकारिताका माध्यमवाट सल्यान जिल्लाको समग्र विकास र समृद्धिमा योगदान पुरयाउने अभियानमा विगत स्थानीय सरकार, समाजिक संघ संस्थालगायत संघ सहकार्य गरेर अघि वढ्ने छौ ।

ग्रामीण विकास सञ्चार केन्द्रद्धारा सञ्चालित रेडियो शारदा एफएमले २०६५ फागुन १२ गतेदेखि नियमित प्रसारण सुरु गरेको थियो। पाँचसय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १८ घण्टा प्रसारण हुदैँ समाचारमुलक कार्यक्रम, शिक्षा र मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्