OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १२, २०८०सुर्खेत
१०८ पटक

१२ फागुन २०८०, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जनताको आधारभूत आवश्यकता पुरा गर्ने योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कर्णाली प्रदेश योजना आयोग वीरेन्द्रनगर सुर्खेतद्वारा प्रथम पञ्चवर्षीय समीक्षा र दोश्रो पञ्चवर्षीय योजना तर्जुमा लागि आज यहाँ आयोजित ‘आवधिक योजना तर्जुमा निर्देशक समितिको बिस्तारित बैठक’लाई सम्बोधन गर्दे मुख्यमन्त्री शर्माले जनताका आवश्यकतालाई केन्द्र भागमा राखेर योजना बनाउने कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताका आवश्यकतामा आधारित भएर उपलब्ध स्रोत साधनको उपयोग गरी उनीहरुको आर्थिक सम्पन्नतामार्फत सुख र समाजिक न्यायमार्फत खुशी प्राप्त हुने यथार्थपरक योजना बनाऔ । संविधानमा उल्लेखित समाजवादोन्मुख व्यवस्था प्रतिनिधित्व गर्ने योजना बनाई नीति तथा कार्यक्रम र बजेटमार्फत यसको सम्बोधनमा ध्यान दिउँ ।” कर्णाली प्राकृतिक स्रोत साधनले सम्पन्न भएपनि जनताको जनजीवन सुधार हुन सकेको उहाँको भनाई थियो ।

प्राकृतिक स्रोत साधनको उपयोग, वन पैदवार र कृषिमा आधारित उद्यमशीलतामार्फत रोजगारी सृजना हुनुले दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुग्ने भन्दै उहाँले उत्पादनका कार्यमा भाग नलिएसम्म रोजगारी संभव नहुने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणि पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अघि सरकारले दोस्रो पञ्चवर्षीय योजना तयार भइसक्ने जनाउनुभयो । उहाँका अनुसार सबै सरोकारवालाबाट सुझाव लिएर योजना निर्माण गरिने छ । बैठकमा पञ्चवर्षीय योजना कार्यान्वयनमा विषयगत मन्त्रालयका तर्फबाट प्राप्त उपलब्धि तथा चुनौतिका विषयमा समीक्षा भएको थियो ।

 

प्रतिकृया दिनुहोस्