OnlinePana

आज : २०८२ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १२, २०८०
१८३ पटक

१२ फागुन २०८०, शनिबार

‘एकताका लागि दौड’ (रन फर युनिटी–२०८०) प्रतियोगिताको हाफ म्याराथन (२१ किलोमिटर)मा तातोपानी गाउँपालिका ७ जुम्लाका दलबहादुर कुँवर प्रथम हुनुभएको छ ।

नेपाली सेना उत्तरपश्चिम पृतनाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित दौड प्रतियोगितामा एक घण्टा आठ मिनेटमा साे दूरी पार गरी कुँवर प्रथम हुनुभएको हो । त्यस्तै, रास्कोट नगरपालिका ३ कालीकोटका सन्तोष योगीले एक घण्टा ११ मिनेटमा पारी गरी तृतीय नेपाली सेनाका आशिष गुरुङले एक घण्टा १२ मिनेटमा पुरा गरी तृतीय स्थान हात पार्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले दौड प्रतियोगिताका प्रथम कुँवरलाई रु.३५ हजार, योगीलाई रु.२५ हजार र आशीष गुरुङलाई रु.१५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ । त्यस्तै, दश किलोमिटर दौडमा पुरुषतर्फ धिरबहादुर बुढा प्रथम, सञ्जीव नेपाली द्वितिय र अक्कल बडुवाल तृतीय हुनुभएको छ । प्रथम, द्वितिय र तृतीय हुने बुढा, नेपाली र बडुवाललाई रु.२०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, दश किलोमिटर दौडमा महिलातर्फ सुर्खेतका आशा रावत प्रथम, जुम्लाका द्वितिय र तृतीय स्थान जुम्लाका समिता बुढा राज्यलक्ष्मी रावलले प्राप्त गर्नुभएको छ । प्रथम, द्वितिय र तृतीय हुने रावत, बुढा र रावललाई रु.२०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ अजय विक प्रथम, दीपेन्द्र बोहोरा द्वितिय र सुजन विक तृतीय भएका छन् । प्रथम, द्वितिय र तृतीय हुने क्रमश अजय, दीपेन्द्र र सुजनलाई रु.दश, पाँच र तीन हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर छात्रातर्फ जुम्लाका कल्पना बुढा प्रथम, द्वितिय र तृतीय स्थान सुर्खेतका बिमला कार्की र उर्मिला खनालले प्राप्त गर्नुभएको छ । उक्त दौड प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान हाँसिल गर्ने बुढा, कार्की र खनाललाई रु.दश, पाँच र तीन हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस्