OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १२, २०८०जुम्ला,
११७ पटक

फागुन १२ गते । जुम्लाको पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाका अनुसार पातारासी गाउँपालिका २ तल्फि गाउँ निवासी कलसिंह सार्कीको दुईतले ८ कोठाको ढुंगामाटोले बनेको घर आगलागी भएर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार फागुन ११ गते राति साढे ११ बजेको समयमा सो घरमा आगालागी हुदा प्रारम्भिक जानकारी अनुसार अन्दाजी रु ४१ लाख १५ हजार क्षेति भएको छ । रातभरी गाउँले र स्थानीय प्रहरीले आगो अन्य स्थानमा नजान नियन्त्रण गरेका थिए । प्रहरीका अनुसार घटनाको कारणको विषयमा अनुसन्धान भईरहेको छ ।

घरका परिवारको गाउँलेबाट उद्दार :

घर आगलागी भएपछि गाउँका यूवाहरुले सुतिरहेका मानिसहरुको उद्दार गरेर बचाएका छन् । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार राति आगालागी भएको र घरभित्र सुतिरहेका दुई जना ज्येष्ठ आमावुवा, वालवालिकालाई गाउँका यूवाहरुले उद्दार गरेका छन् । उहाँले अहिले आफु त्यस क्षेत्रमा रहेको र घर पूर्ण जलिसकेको र पुरानो घरमा पुराना धनलमाल, लत्ता, कपडा, अन्न, गरगहना क्षेति भएको जानकारी दिनुभयो । उहाँका अनुसार घर जलेपछि करिब २८ जनाको संयुक्त परिवार विस्थापित भएको छ ।

प्रतिकृया दिनुहोस्