OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ९, २०८०
३६३ पटक

९ फागुन २०८०, बुधबार

कर्णाली प्रदेशस्तरीय १४औं राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यहि फागुन ७–९ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सुर्खेत जिल्लाले ४५ स्वर्णसहित उपाधि हात पारेको हो ।

जम्मा ६ खेल समावेश गरिएको उक्त प्रतियोगितामा ४५ स्वर्ण १४ रजत र सात कास्यसहित पदक जितेर सुर्खेत प्रथम भएको हो । छात्रतर्फ २० स्वर्ण पाँच रजत र चार कास्य जित्यो भने छात्रातर्फ २५ स्वर्ण नौ रजत र तीन कास्य पदक जितेको थियो ।

यस्तै रुकुमपश्चिम जम्मा पाँच स्वर्ण १३ रजत र १७ कास्य पदक जितेर द्वितिय भयो भने सल्यानले पाँच स्वर्ण, १२ रजत र १८ कास्यसहित तृतीय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का प्रशिक्षण विभाग प्रमुख प्रदीप राईले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि भएका कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल बहादुर शाहीले खेलाडीहरुले नै कर्णालीलाई चिनाएको भन्दै खेलाडीहरुलाई धन्यवाद दिए । खेल क्षेत्रको विकासको लागि सबैले लाग्नु पर्ने भन्दै मन्त्री शाहीले सम्पूर्ण खेलाडीहरुलाई अनुसाशित भएर खेल्न आग्रह गरे । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गएकोले कर्णालीका खेलाडीहरुले त्यसको पूर्व तयारीमा लाग्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले विजयी हुने खेलाडीहरुलाई बधाइ दिदै केन्द्रीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि छनौट भएका खेलाडीहरुलाई मेहनतका साथ आफ्नो तयारीलाई अगाडी बढाउन निर्देशन दिए ।

सदस्य सचिव संज्यालले पछिल्लो समय खेल क्षेत्रमा कर्णालीले पाएको सफलताले अबको एक दशकमा कर्णालीका खेलाडीहरुले राष्ट्रिय स्तरमा आफ्नो बर्जश्व कायम राख्नेमा आफु विश्वस्त रहेको बताए ।

प्रतिकृया दिनुहोस्